दश जना विद्यार्थीको परीक्षा रद्द

९ चैत्र २०७०, आईतवार १४:५६ मा प्रकाशित

नवलपरासी, ९ चैत । एसएलसी परीक्षाको भएको गणित विषयका परीक्षामा नवलपरासीमा १० जना विद्यार्थीको परीक्षा रद्द भएको छ ।
जिल्ला शिक्षा कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार आज (आइतबार) परीक्षा हलमा परीक्षाको मर्यादाविपरित चिट चोर्ने होहल्ला गर्ने दश जना विद्यार्थीको परीक्षा रद्द गरिएको हो ।
परीक्षा शाखा प्रमुख पशुपति भट्टराईका अनुसार त्रिवेणीमा रहेको नारायणी गण्डकी साधारण संस्कृत उच्च माविका ५ विद्यार्थी, बेलाटारीस्थित त्रिभुवन उच्च माविबाट २ जना विद्यार्थी र सेमरीको आदर्श इङ्गलिस बोर्डिङ स्कूलबाट ३ जना विद्यार्थी गरी दश जना विद्यार्थी कारवाहीमा परेका हुन् ।
त्यसैगरी परीक्षाको मर्यादा विपरित विद्यार्थीले काम गर्दा केही नगर्ने शिक्षक तथा निरीक्षकहरुलाई समेत सचेत गराईको छ ।
पशुपति भट्टराईका अनुसार आइतबारको परीक्षा अन्य क्षेत्रमा भने मर्यादित रुपले भएको छ ।
त्यस्तै आइतबारको परीक्षामा नियमित तर्फ नौ हजार आठ सय आठ विद्यार्थी सहभागी भए भने, छ्यासी जना अनुपस्थित रहे । त्यस्तै एक्जामटेडतर्फ एक हजार पाच सय ३५ जना उपस्थित भए भने एक सय ६४ जना परीक्षामा सामेल नभएको भट्टराईले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न