चेम्बरको ब्यापारिक टोली लस-एन्जलसमा

१६ बैशाख २०६९, शनिबार १९:३७ मा प्रकाशित

गोकुल ढकाल, लस-एन्जलस्, अमेरिका । विश्वको प्रख्यात ब्यापारिक शहर क्यालिफोर्निया राज्यको लस एन्जलसमा ब्यापार प्रवर्द्धन मेलाका लागि उद्योग मन्त्री अनिल झा सहित नेपाल चेम्बर अफ कमर्शको ब्यापारिक टोली लस एन्जलस आइपुगेको छ ।

यही अप्रिल २९ तारिख आइतबार दिउँसो १२ बजेदेखि बेलुकी ७ बजेसम्म क्यालिफोर्निया राज्यको लसएन्जलस शहर नजिक आर्टेसिया शहरको एक पार्कमा आयोजना हुने नेपाल प्रवर्द्धन मेलाका लागि उक्त टोली अमेरिका आएको हो ।

टोलीमा मन्त्री अनिल झा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेश बस्नेतको अगुवाइमा उपाध्यक्ष लोकमान गोल्छा, महासचिब कमलेश अग्रवाल, सचिब निलकन्ठ चौंलागाइं, सचिब हिम बहादुर रावल, सचिब सन्तोष कुमार पान्डे, सह-कोषाध्यक्ष परशुरामा दाहाल, कार्यसमितिका सदस्यहरू किशोर कुमार अग्रवाल, कैलाशचन्द्र गोयल र सुरेन्द्र कुमार शारडाको सहभागिता रहेको छ । यसैगरी मेला संयोजक नागेन्द्र महतो ‘सुदी’ रहनुभएको छ । नेपालमा उत्पादित हस्तकला, गार्मेन्ट, पश्मिना लगायत नेपाली खानाका परिकार, सांस्कृतिक कार्यक्रम लगायत नेपाल, भगवान् गौतम बुद्धको जन्मभुमि, सगरमाथाको देश सम्बन्धि बिभिन्न प्रकारका नेपालि उत्पादनलाई समेत प्रदर्शनमा राख्न लागिएको छ ।

टोलीमा सहभागी नेपाल टेलिभिजनका समाचार सम्पादक एबम नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष प्रदिप चापागाइंका अनुसार नेपालको बाणिज्य निति, उद्धोग निति, सन २०१२/२०१३ लाई नेपाल सरकारले मनाउन लागेको लगानी बर्ष, नेपालको कर निति र लगानीको सम्भाब्यताको बारेमा पनि भेलामा जानकारी गराइने छ ।

नेपाल चेम्बर अफ कमर्श र फ्रेण्डस अफ नेपालको संयुक्त आयोजना र लस एन्जलस क्षेत्रमा सक्रिय श्रीपशुपतिनाथ फाउन्डेशन, नेपाल अमेरिका एकता समाज, जन संपर्क समिती, गुरुङ समाज, तामाङ् समाज, ए एन एस, लस एन्जलस्, र अनाहेम परिवार लगायतका संस्थाहरूको प्रत्यक्ष सहभागितामा सम्पन्न हुन गैरहेको ब्यापारिक मेलामा सहभागी हुन अमेरिकाका लागी नेपाली राजदुत महामहिम डा. शंकरप्रसाद शर्मा आजै वाशिङ्टन डि सी बाट लस एन्जलस आउँदै हुनुहुन्छ । यसैगरी मेलामा सहभागिताका अमेरिकामा सक्रिय नेपाली उद्योगीहरु, एनआरएन अमेरिकाका अध्यक्ष, स्थानीय नेपाली व्यवसायीहरु र स्थानीय नेपालीहरुको विशेष सहभागीता रहने जनाइएको छ ।

यसैबिच मेलामा सहभागी हुन नेपालदेखी आउनुभएका भ्रमण-मन्डलको स्वागातार्थ स्थानिय ब्यबासायी एक राज ‘नारायण’/नीरा पाण्डेले हिजो सेरिटोसस्थित आफ्नो निवासमा रात्री भोजको आयोजना गर्नुभयो । उद्योग मन्त्री अनिल झा, च्याम्बर अध्यक्ष सुरेश बस्नेत, पत्रकार प्रदिप चापागाइं लगायत सम्पुर्ण भ्रमण टोली रात्री भोजमा उपस्थित हुनुहुन्थ्यो ।

श्रीपशुपती फाउन्डेशनका अध्यक्ष भक्त थापा, उपाध्यक्ष गोकुल पौडेल, कोशाध्यक्ष पुन्नाखर ‘ऋशी’ ढकाल, सचिब राजेन्द्र सिवाकोटी, फ्रेन्ड्स अफ नेपालका अध्यक्ष डा. शम्भु ढुंगाना, नेपाल अमेरिका एकता समाजका महासचिब मुकुन्द ढुंगाना, स्थानिय पत्रकार तिलक कार्की र गोकुल ढकाल तथा अच्युत घिमिरे लगायत स्थानियहरूको उपस्थिती थियो । आजै मन्त्री झा लगायत चेम्बर अफ कमर्शको टोलीले लस एन्जलसका मेयर विल्लरैगोस एन्थोनीसंग भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न