‘निगमलाई दिने रकमबाट १० मेगावाट विद्युत् उत्पादन’

९ चैत्र २०७०, आईतवार ०७:५१ मा प्रकाशित


काठमाडौं, ९ चैत । सरकारी स्वामित्वको आयल निगम मूल्यवृद्धि गर्दा पनि मासिक एक अर्ब पाँच करोड घाटामा गएपछि सरकारले अनुदान दिने रकमबाट १० मेगावाट जलविद्युत् तथा चार मेगावाट सौर्य ऊर्जा विद्युत् उत्पादन गर्न सकिने सरोकारवालाले बताएका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थान ऊर्जा अध्ययन केन्द्रले आयोजना गरेको राष्ट्रिय प्रसारण लाइनमा सोलार पिभी जोडिएको नमुना गोष्ठीमा ऊर्जाविज्ञले निगमलाई दिने अनुदान विद्युत् उत्पादन खर्चिन जोड दिएका हुन् ।

सोलारबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारणमा आबद्ध गरी सरकारले विद्युत् संकट हटाउन सक्ने ऊर्जाविद् प्रा। जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

राजधानीमा हाल करिब चार लाख घरमध्ये एक लाख घरमा एक किलोवाट क्षमताको सौर्य प्रणाली राख्न सकिए १० मेगावाट विद्युत् सजिलै उत्पादन भई उपत्यकाको विद्युत् माग पूरा गर्न सकिने उनको दाबी छ ।

कार्यक्रममा ऊर्जाविद् श्रेष्ठले भने, ‘उपत्यकाका एक लाख घरको परल मूल्य एक करोडभन्दा बढी पर्छ, ती घरले करिब दुई लाख ५० हजार लगानी गरी एक किलोवाट क्षमताको सौर्य विद्युत् जडान गरे ऊर्जा आवश्यकता पूर्ति हुनुका साथै बढी विद्युत् ग्रिडमा जोडेर छिमेकीलाई आपूर्ति गर्न सकिन्छ ।’

अन्तर्राष्ट्रिय स्तरमा सोलार पाताको मूल्यमा आएको ह्रास र विद्युत्को बढ्दो लागत हेर्दा सोलारको एक युनिट विद्युत्को महसुल ६ रुपैयाँ ८० पैसा पर्न आउँछ । जब कि अहिले नै विद्युत् प्राधिकरणको विद्युत् प्रतियुनिट महसुल कम्तीमा सात रुपैयाँ २५ पैसा छ ।

सौर्य प्रणालीमा पाताको आयु २५ वर्षभन्दा बढी हुन्छ । तीनरतीन वर्षमा ब्याट्री परिवर्तन गर्न लाग्ने खर्च जोड्दा पनि प्रतियुनिट १२ रुपैयाँ ५० पैसा हुन आउने छलफलमा जानकारी दिइएको थियो ।

प्राधिकरणले अबको २५ वर्षभित्र कायम गर्ने महसुल अनुमान प्रतियुनिट ३० रुपैयाँ पुग्न सक्ने बताउँदै श्रेष्ठले सौर्य विद्युत् तुलनात्मक रूपमा सस्तो र प्रभावकारी हुने दाबी गरे ।

सौर्य विद्युत्लाई ग्रिडमा जोड्न सकिने अभ्यास सन् २०१३ मार्चमा पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको छतमा एक किलोवाट, मिनभवनस्थित प्राधिकरणको छतमा एकरएक किलोवाटका तीन प्रणाली जडान गरी प्रयोगमा ल्याइसकिएको छ

त्यस्तै, ललितपुर इमाडोलस्थित रिच नेपाल संस्थाको भवनमा राखिएको एक किलोवाट क्षमताको सौर्य प्रणालीबाट उत्पादित विद्युत् प्राधिकरणको ग्रिडमा जोडिएको छ ।

गोष्ठीमा एकवर्षे अनुभवबारे जानकारी गराउँदै ऊर्जाविज्ञ डोमेनिको चियान्सेले पुल्चोकमा दैनिक २।४ युनिट, मिनभवनमा ४।४ युनिट र इमाडोलमा ३।७ युनिट विद्युत् ग्रिडमा गएको जानकारी दिएका थिए ।

उनका अनुसार पुल्चोकमा विद्युत्भार कटौती भएको अवस्थामा, मिनभवनमा विद्युत्भार कटौती नभएको अवस्था र इमाडोलमा सौर्य विद्युत् ब्याट्रीमा सञ्चय गरी भिन्दाभिन्दै तथ्यांक संकलन गरिएको थियो ।

विश्वका अन्य धेरै मुलुकमा संस्थागत वा घरेलु सौर्य प्रणाली ग्रिडमा जोड्ने अभियान प्रभावकारी भए पनि नेपालमा यसअघि ललितपुरको धोबीघाटमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ६८० किलोवाट क्षमताको सौर्य विद्युत् ग्रिडमा जोडेको छ ।

ऊर्जा अध्ययन केन्द्रका निर्देशक प्रा।डा। त्रिरत्न बज्राचार्यले ऊर्जा संकटबाट मुलुकलाई मुक्त गराउन जलविद्युत्का साथै सौर्य विद्युत्लाई विस्तार गर्नुपर्नेमा जोड दिए । उनले सौर्य विद्युत्बाट घरायसी प्रयोजनका लागि मात्र नभएर औद्योगिक क्षेत्रमा आवश्यक विद्युत् आपूर्ति हुनसक्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९