६ प्रहरी इन्चार्ज कारबाहीमा

९ चैत्र २०७०, आईतवार ०७:३४ मा प्रकाशित

काठमाडौं, ९ चैत । पछिल्लो दुई महिनामा उपत्यकामा ६ प्रहरी इन्जार्ज कारबाहीमा परेका छन् । पदीय जिम्मेवारीविपरीत काम गरेको भन्दै पछिल्लो समय दुई इन्चार्ज कारबाहीमा परेपछि कारबाही भोग्नेको संख्या ६ पुगेको हो ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी केदार खनाल तथा महानगरीय प्रहरी प्रभाग गोँगबुका इन्स्पेक्टर ज्योति शर्मा कारबाहीमा परेका छन् । ड्उटीमा रहेकै वेला मदिरा सेवन गरी सर्वसाधारणलाई दुव्र्यवहार गरेकोमा कीर्तिपुर वृत्तका डिएसपी खनाललाई त्यहाँबाट सरुवा गरी काठमाडौं परिसरले विभागीय कारबाही सुरु गरेको छ ।

ड्युटीमै रहेका वेला बिहीबार बेलुका उनलाई नियन्त्रण लिई काठमाडौं परिसरको टोलीले मदिरा सेवन गरेको जाँच गर्न वीर अस्पताल पुर्‍याएको थियो । शुक्रबार उनलाई परिसरले स्पष्टीकरण सोधिसकेको छ । कीर्तिपुर वृत्तमा प्रहरी प्रधान कार्यालयको कल्याण शाखामा कार्यरत डिएसपी सुवास बोहोरालाई पठाइएको छ । त्यस्तै राम्रोसँग ड्युटी गर्न नसकेकेमा गोँगबु प्रभागका इन्स्पेक्टर शर्मा पनि सरुवा भएका छन् । एक महिनाअघि मात्र शर्मा गोँगबु बसपार्कमा सरुवा भएका थिए । शर्माको ठाउँमा महानगरीय प्रहरी वृत्त महाराजगन्जका इन्स्पेक्टर दिनेश घिमिरे सरुवा भएका छन् ।

यसअघि एक एसएसपी, दुई डिएसपी एक इन्स्पेक्टरलाई आकस्मिक रूपमा सरुवा गरी कारबाही थालिएको थियो । ललितपुरका तत्कालीन एसएसपी रमेश भट्टराई, दरबारमार्ग वृत्तका डिएसपी चन्द्रकुबेर खापुङ, सोह्रखुट्टे वृत्तका डिएसपी गणेश चन्द तथा सानेपा प्रभागका इन्स्पेक्टर रवि थपलियालाई जिम्मेवारीमुक्त गरी प्रहरी प्रधान कार्यालयले कारबाहीको प्रक्रिया अघि बढाएको स्रोत बताउँछ ।

राम्रो काम गर्न नसक्ने तथा प्रहरी आचरणविपरीत काम गर्नेलाई केही महिनायता प्रहरी प्रधान कार्यालयले तत्काल कारबाही गर्न थालेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत