जापानमा साँस्कृतिक कार्यक्रम सम्पन्न

१६ बैशाख २०६९, शनिबार १९:३४ मा प्रकाशित

सन्देश पोखरेल, नागोया । काठमाडौँमा अवस्थित होराई फाउन्डेसन र ओशिन जापानिज भाषा विद्यालयको आयोजनामा जापानको नागोया शहरमा एक साँस्कृतिक कार्यक्रम भव्यता पुर्वक सम्पन्न भएको छ । नागोया साँझ २०६९ नाम दिइएको उक्त कार्यक्रममा नेपालबाट आएका कलाकारहरुको टोलीले नेपालका विभिन्न जातजाति र क्षेत्रका नृत्यहरु प्रस्तुत गरेर भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
जापानमा नेपाली कला, सँस्कृतिको चिनारी गराउने उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपालको तामाङ सेलो नृत्य, थारु नृत्य, भोजपुरी नृत्य, नेपाली झ्याउरे नृत्य लगायतको विभिन्न क्षेत्र र जातजातिका नृत्यहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रम आयोजक संस्थाको रुपमा रहेको होराई फाउन्डेसनले नेपालमा गर्दै आएको गतिविधिको बारेमा भिडियो मार्फत जानकारी गरिएको उक्त कार्यक्रममा सुदिप पन्त र वविता पोखरेलको दोहोरी गायनले पनि थप मनोरन्जन प्रदान गरेको थियो ।
विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य डा. सुदिप अधिकारी, एनआरएन जापानका सचिव सरोज कंडेल, नेपाली विद्यार्थी समाज जापान(नेसाज) का उपाध्यक्ष (होन्सु) सन्देश पोखरेल, एन आर एन जापान तोकाई होकुरिकुका कार्यबाहक अध्यक्ष बिष्णु प्रसाद घिमिरे, नेसाजका निवर्तमान अध्यक्ष बिमल अधिकारी सहित उल्लेख्य नेपालीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद