मलेसियाका पूर्व प्रधानमन्त्री डा महाथीर मोहम्मद काठमाडौंमा

८ चैत्र २०७०, शनिबार १८:४८ मा प्रकाशित

काठमाडौ, ८ चैत्र (रासस) । मलेसियाका भूतपूर्व प्रधानमन्त्री डा महाथीर मोहम्मद चारदिने भ्रमणका क्रममा ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अपराह्न काठमाडौं आएका छन् ।

सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा भोलिदेखि यहाँ आयोजना गर्ने व्यापार सम्मेलनमा मुख्य वक्ताका रुपमा भाग लिन उनी नेपाल आएका हुन् ।

पूर्व प्रधानमन्त्री मोहम्मद नेतृत्वको टोलीलाई परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनाली, महासङ्घका अध्यक्ष सुरज वैद्य, यहाँस्थित मलेसियाली दूतावासका वरिष्ठ अधिकारीका साथै उद्यमी व्यवसायीहरुले स्वागत गरेका थिए । राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री कोइरालासँग उनले छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

यसैबीच, चीनको दक्षिण–पश्चिमी प्रान्त युनानका गभर्नर ली झिहेङ पनि नेपालको दुईदिने औपचारिक भ्रमणका सिलसिलामा आज अपराह्न यहाँ आएका छन् ।

प्रधानमन्त्री सुशील कोइरालालाई ‘दोस्रो चीन दक्षिण एसिया व्यापार मेला’ मा आमन्त्रण गर्न गभर्नर ली नेपाल भ्रमणमा आएका हुन् ।

सात सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका गभर्नर लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताई, परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशकुमार सुवेदी, शिष्टाचार अधिकृत विजयबहादुर राउत र यहाँस्थित चिनियाँ दूतावासका उच्च पदस्थ अधिकारीहरुले स्वागत गरेका थिए ।

चिनियाँ विशिष्ट अतिथिले परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्यसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार