अर्को समूह नेविसंघमा ‘कर्ण’को तेजोबद्ध गर्ने तयारीमा

८ चैत्र २०७०, शनिबार १७:२४ मा प्रकाशित


काठमाडौं, ८ चैत । आगामी महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाल विद्यार्थी संगठनले आफ्नो केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
नेविसंघका नेता ऋषिकेश जंग शाहका अनुसार केन्द्रीय समितिको बैठकका लागि भोलि बेलुकासम्म सबै केन्द्रीय सदस्यहरुलाई राजधानी बोलाईएको छ । नेता शाह र अध्यक्ष रञ्जीत कर्णबीच आज (शनिबार)सँग भएको छलफल र सहमति अनुसार केन्द्रीय समितिको बैठक सोमबार काठमाडौंमा बस्ने तय भएको छ ।
लामो समय देखि नेविसंघको महाधिवेशन हुन सकेको छैन । महाधिवेशन गराउन नेविसंघमा दबाव पर्दै आएको छ । यद्यपि संस्थापन पक्षले महाधिवेशन गराउन सकेको छैन ।
उता, सोमबारबाट शुरु हुने केन्द्रीय समिति बैठकमा नेता शेरबहादुर देउवा समूहले अध्यक्ष कर्णलाई महाधिवेशन गर्न दबाद दिने तयारी गरेको छ । कर्णले तोकिएको समय भित्र महाधिवेशन गर्न नसके पछि उनको आलोचना हुँदै आएको छ ।
अध्यक्ष कर्ण समानुपातिकबाट सभासद भए पछि नेविसंघमा उनको आलोचना भएको हो । महाधिवेशन गर्न नसकेको आरोप कर्णलाई पनि लागेको छ ।
केही निर्णयका कारण कर्ण पछिल्लो समय बिवादमा पनि परेका छन् । उनले सल्लाहनै नगरेर दीर्घकालीन असर पर्ने निर्णय गरेको भन्दै देउवा समूह असन्तुष्ट छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले