कर नर्तिने क्यासिनोलाई कारबाही हुन्छ : गृहमन्त्री

८ चैत्र २०७०, शनिबार १५:५४ मा प्रकाशित


काठमाडौं, ८ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले कर नतिर्ने क्यासिनोहरुलाई सरकारले कारबाही गर्ने चेतावनी दिएका छन् ।
नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको नवौँ अधिवेशनको आज (शनिबार) उदघाटन गर्दै गौतमले क्यासिनोहरुलाई कानून अनससार कारबाहीको प्रक्रियामा अघि बढी सकेको बताए ।
‘राज्यलाई कर नतिर्ने क्यासिनोहरुलाई कुनैपनि हालतमा छोड्दैनौं,’ उनले भने, ‘क्यासिनोहरुले कानूनअनुसार कारबाही भोग्नुपर्छ ।’
यसैबीच, गृहमन्त्री गौतमले संविधान निर्माणका लागि सहज वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले समयसीमाभित्र संविधान निर्माण गर्न जनप्रतिनिधिहरुको कर्तव्य भएको बताए ।
उनले शान्ति सुरक्षा र अमनचैनका लागि सरकारले चालेको कदम सही रुपमा विष्लेषण गरेर समाचार दिनु पर्ने बताए । सनसनीपूर्ण हिसाबले मिडियामा प्राथमिकता पाउने भन्दै उनले सकारात्मक मूल विषयले प्राथमिकता नपाउने गरेको गुनासो गरे ।
देशको संक्रमणकालको सदुपयोग गर्दै दण्डहीनता अपनाउने कार्यलाई रोक्नका लागि आवश्यक सहयोग गर्न उनले पत्रकारहरुलाई आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा