तानसेन बजारमा सडक खाना महोत्सव

८ चैत्र २०७०, शनिबार ०७:३३ मा प्रकाशित

पाल्पा, ८ चैत । तानसेन बजारमा स्वादका पारखीले शुक्रबार बेग्लै मजा लिए। यहाँ सम्पन्न सडक खाना महोत्सवमा सय बढी परिकारका स्टल थिए भने स्वाद लिनेको भीड हजारौंमा थियो।

तानसेन बजारको केन्द्र भाग हुलाक चोकदेखि शितलपाटी चोकसम्म खानाका परिकारका स्टलको पंक्ति निकै समावेसीु थियो। ‘नेवारी, मगरी, मुस्लिम, गुरुङ, कुमाल, बाहुन–क्षेत्री लगायत पाल्पामा बसोबास गर्ने अधिकांश जातजातिका परम्परागत खानाका स्टल छन्,’ महोत्सवकी संयोजक शान्ति शाक्यले भनिन् ‘१० हजार बढीको सहभागितामा महोत्सव भव्य भयो।’

पाल्पाली हाँसको छोयला, चुकाउनी, बटुक, सेलरोटी, चटामरी, मिसमासका स्टलमा भिड बढी थियो। मुस्लिम समुदायको इमामी सेवइ, गाजरको हलुवा, रुमाली रोटी, किमा, फिर्नीलगायत परिकार धेरैका लागि नौलो थियो।
लोप हुँदै गएका विभिन्न जातजातिको कला, संस्कृति झल्कने पहिरनको समेत प्रदर्शनी गरिएको थियो। मखनटोल विकास संस्थाको पहलमा गरिएको महोत्सवमा सयौंको संख्यामा विदेशी पर्यटक सहभागी थिए।

संस्थाकी अध्यक्ष रीता कक्षपतिले गत वर्षदेखि सुरु खाना महोत्सवलाई निरन्तरता दिने बताइन्। उनले महोत्सवबाट संकलित मुनाफालाई बजार व्यवस्थापन र महिला हितमा खर्च गरिने बताइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

आजको प्रमुख समाचार