असईमा मागे भन्दा आधा मात्र उत्तिर्ण

८ चैत्र २०७०, शनिबार ०७:१८ मा प्रकाशित


काठमाडौ, ८ चैत्र । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा दरबन्दी भन्दा आधा मात्र कम लिखित परिक्षा उत्तिर्ण भएका छन् ।

लोकसेवा आयोगले लिएको परिक्षामा खुल्ला, आदिबासीरजनजाती, महिला, दलित, मधेसी र पिछडिएको क्षेत्र सबैमा मागिएको दरबन्दी भन्दा कम उत्तिर्ण भएका हुन् ।

प्रहरी प्रधान कार्यालयले जनाए अनुसार कुल १ हजार ६० जना माग गरेकोमा लिखित परिक्षासम्म पुग्दा ५ सय ७३ जना मात्र उत्तिर्ण भएका हुन् । गत बैशाखमा खुलाइएको भर्नामा झण्डै १० हजारको आवेदन परेको थियो । त्यसमध्ये ७ हजार लिखित परिक्षासम्म पुगेका थिए ।

लिखित परिक्षाका ५ वटा बिषयमा ल्याउनुपर्ने न्युनतम् अङक ल्याउन नसकेका कारण धेरै परिक्षार्थी अनुर्तिण भएको प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले बताए । परिक्षामा नेपाली रचना, अंग्रेजी, सामान्य ज्ञान र बौद्धिक परिक्षा, प्रहरी सेवा सम्बन्धी र नेपालको बिद्यमान संविधान ऐन र कानुन सम्बन्धीका बिषय समाबेस थिए ।

‘यि सबै बिषयमा न्युनतम ४० अङक ल्याउनुपर्ने थियो, धेरै बिद्यार्थीले त्यो न्युनतम अङक ल्याउन सकेनन्’ उनले भने ‘अब पदपुर्ति हुन नसकेका दरबन्दीमा फेरी भर्ना खुलाईनेछ ।’

उनले सरकारी सेवाका लागि भर्ना हुन आउने बिद्यार्थी तयारी बिना नै आएका कारण अनुर्तिर्ण भएको बताए । ‘क्याम्पसको परिक्षा लेख्नलाई त बिद्यार्थी पढेर आउछु उनले भने ‘प्रहरीको जागिर खानलाई त त्यो भन्दा बढि मिहेनत गर्नु पर्‍र्यो नि ।’

प्रहरी मुख्यालयले जनाए खुल्ला तर्फ ५ सय ८३ जना माग गरेकोमा ३ सय ६९ मात्र लिखित परिक्षा उत्तिर्ण गरेका छन् । महिला तर्फ ९५ जना माग गरे मध्येबाट १७ जना मात्र उत्तिर्ण हुन सफल भएका छन् । आदिबासी जनजाती तर्फ १ सय ५२ जना माग भएकोमा ५६ जना मात्र उत्तिर्ण भएका हुन् ।

यस्तै मधेसी कोटामा १ सय ३४ जनाको माग गरिएकोमा १७ जनामा मात्र उत्तिर्ण हुनसकेका छन् । दलित तर्फ ७२ जनाको कोटा माग भएकोमा १२ जना मात्र उत्तिर्ण भएका छन् । पिछडिएको क्षेत्रबाट २४ जना माग गरेकोमा ७ जना मात्र उत्तिर्ण हुन सफल भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा