संसदका कर्मचारीद्वारा १२१ प्रतिशत भत्ता माग

८ चैत्र २०७०, शनिबार ०७:०५ मा प्रकाशित

काठमाडौ, ८ चैत्र । संविधानसभा-संसद सचिवालयका कर्मचारीहरूले दुई दिनभित्र आफूहरूलाई तलबभत्ताका अतिरिक्त १ सय २१ प्रतिशत भत्ता र दैनिक खाना-खाजा भत्ताबापत ५ सय रुपैयाँ दिन निर्णय नभए कामै ठप्प पार्ने चेतावनी दिएका छन् ।

कर्मचारी युनियनले सभामुख सुवास नेम्वाङ अध्यक्ष रहेको व्यवस्थापन समितिलाई शुक्रबार ज्ञापनपत्र दिई दुई दिनभित्र सुविधा वृद्धिको निर्णय नभए सोमबारदेखि संविधानसभारव्यवस्थापिका सचिवालयको काम ठप्प पार्ने चेतावनी दिएका हुन् ।

सचिवालयका कर्मचारीहरूले संविधानसभा र संसद बैठक चलिरहेका बेला आफूहरूले दिनरात खटेर काम गर्नुपरिरहेको उल्लेख गर्दै निर्वाचन आयोगका कर्मचारीहरूलाई संविधानसभा चुनाव अवधिभर १ सय २१ प्रतिशत भत्ता र दैनिक ५ सय रुपैयाँ खाना खर्च दिएजस्तै सुविधा आफूहरूलाई समेत दिन माग गरेका हुन् ।

सरकारले आयोगका कर्मचारीलाई चुनाव अवधिभर १ सय २१ प्रतिशत भत्ता तथा कार्यालय समयका अतिरिक्त बिहान र बेलुका थप काम गर्नेलाई दैनिक ५ सय रुपैयाँसम्म खाना खर्च दिएको थियो । बिहान या बेलुकामात्र थप समय काम गर्ने कर्मचारीलाई भने दैनिक २ सय ५० रुपैयाँमात्र दिने गरिएको थियो ।

संविधानसभाको व्यवस्थापन समितिले सचिवालयका कर्मचारीले संसद र संविधानसभाको बैठकका कारण कार्यालय समयका अतिरिक्त बिहान र बेलुकासमेत काग गर्नुपर्ने भएकाले निर्वाचन आयोगका कर्मचारीलाई चुनाव अवधिभर दिएसरहको सुविधा दिन अर्थमन्त्रालयलाई सिफारिस गरेको छ ।

समितिको सिफारिसअनुसार एक महिनासम्म पनि अर्थमन्त्रालयले निर्णय नदिएपछि संसदका कर्मचारीहरू आक्रोशित भएका हुन् । सचिवालयका कर्मचारी युनियनका अध्यक्ष सञ्जय दाहालले आफूहरू दिनरात खटिनुपर्ने भएकाले १ सय २१ प्रतिशत सुविधा र बढी समय काम गरेबापत खाना खर्च दिन माग गरेको जानकारी दिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा