स्वार्थको राजनीति गर्नेले ब्यापार गरे हुन्छ – मन्त्री भट्ट

१६ बैशाख २०६९, शनिबार १९:३० मा प्रकाशित

काठमाडौं १६ बैशाख । आपूर्ति मन्त्रीले लेखराज भट्टले सुदूरपश्चिमलाई खण्डिकृत गरेर राजनीतिको नाममा स्वार्थको राजनीति गर्नेलाई ब्यापार गर्ने सल्लाह दिएका छन् ।
काठमाडौमा बसेका दुई–चार जना नेताहरुले दिएको दान सुदूरपश्चिमेली जनता लिने पक्षमा छैनन्, सेती–महाकालीलाई विभाजन गरी कसैले राजनीतिक स्वार्थ लिन खोजेको हो भने त्यो कल्पना मात्र हुनेछ, राजनीतिमा स्वार्थ हुँदैन, ब्यापारमा स्वार्थसिद्ध हुन्छ, त्यस्ता नेताले ब्यापार गरे हुन्छ ।
शनिबार रिपोर्टर्स क्लव नेपालमा मन्त्री भट्टले भने हिजो लिम्बु, किराँतहरुले हाम्रो खुट्टा काटे, अहिले जातीयताको आधारमा अखण्ड सुदूरपश्चिमलाई खण्डिकृत गरेर हाम्रो टाउको कटाउने प्रपञ्च रचिदैछ, चार जना नेताले काठमाडौंमा बसेर गरेको निर्णयलाई सुदुरपश्चिमेली जताले मान्ने पक्षमा छैनन्, अविभाज्य सेती महाकालीको लागि रगत बनाउन पछि पर्ने छैनौं ।
मन्त्री भट्टले अहिलेको सुदूरपश्चिम बन्द त्यहाँका जनताले मात्रै गरेका हुन्, भोली त्यसको नेतृत्व हामीले लिनु नपरोस्, भोली आन्दोलनबाट निश्कने परिणामलाई केन्द्रमा बसेर निर्णय गर्ने नेताहरुले चाँडै बुभ्mन आग्रह गरे ।
नेपाली काँग्रेसका सभासद तथा पूर्व मन्त्री रमेश लेखकले पहिचान र सामथ्र्यको आधारमा प्रदेश निर्धारण गर्ने नेपाली काँग्रेसको बटमलाईन हो, सुदूरपश्चिमको आप्mनै पहिचान छ, त्यो अविभाज्य हुनपर्ने दावी गरे । उनले भने– सुदूरपश्चिलाई विखण्डन गर्छु भन्नु नेताहरुको मुर्खता हो ।
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री उर्वादत्त पन्तले भने–सुदूरपश्चिमको मौजुदा संरचनालाई स्वार्थबस खण्डिकृत गर्न खोजिए त्यो घातक हुने चेतावनी दिए । उनले भने– सुदूरपश्चिमलाई एक मधेश प्रदेश, थरुहट भनिदैछ, खबरदार त्यो शब्द तिनीहरुका लागि महंगो हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा