अमेरिकामा नेपालीले जित्यो १. ९६२ मिलियन डलरको मेगा मिलियन चिठ्ठा

७ चैत्र २०७०, शुक्रबार २१:२३ मा प्रकाशित

पुरुषोत्तम ढकाल, सनफ्रान्सिस्को, अमेरिका, ८ चैत । क्यालिफोर्नियाको सनफ्रान्सिस्कोमा बसोबास गर्ने नेपाली मुलका अमेरिकन महेन्द्र बहादुर केसीले अमेरिकाको बहुचर्चित र सर्बाधिक ठुलो धन राशिको मेगा मिलियन चिठ्ठामा १. ९६२ मिलियन धनराशी जितेका छन् । गत मंगलबार खुलेको अमेरिकाको बहुचर्चित र सर्बाधिक ठुलो धन राशिको मेगा मिलियन चिठ्ठामा केसीले १. ९६२ मिलियन धनराशी जितेका हुन् । सनफ्रान्सिस्कोको बेएरियामा बसोबास गर्दै आएका केसीले सान बुर्नोस्थित लिकर पसलमा किनेको एक डलरको टिकेटबाट सर्बाधिक ठुलो धन राशिको मेगा मिलियन जितेका हुन् । झन्डै एक दशक देखि सनफ्रान्सिस्कोको बेएरियामा ट्याक्सी चलाउदै आएका केसीको पत्नी हाउस किपरको रुपमा काम गर्छिन भने छोरि अनुवादकको काम गर्छिन । गत मंगलबार खुलेको अमेरिकाको बहुचर्चित र सर्बाधिक ठुलो धन राशिको मेगा मिलियन चिठ्ठामा केसीको टिकट ( ११- १९- २४- ३३-५१) ज्याकपट परेको थियो । १. ९६२ मिलियन धनराशीको चेक बुझे पछि उनका छोरा निराजन केसीले भने, ‘हामीले सामुहिक रुपमा दुख गरिरहेका थियौं, अब हाम्रो अमेरिकी सपना पुरा भयो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

असारको पन्ध्र अर्थात् धान दिवस नेपालमा बुधबार औपचारिक रुपमा १९औँ धान दिवस मनाइदै छ । विश्वमा झन्डै चार अर्ब जनताको

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले