कार्यकर्ता भेट्न प्रधानमन्त्री र मन्त्री अब पार्टी कार्यालयमा

७ चैत्र २०७०, शुक्रबार १७:२७ मा प्रकाशित


काठमाडौं, ७ चैत । कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्ना कार्यकर्तासंगको भेट सहज बनाउन कार्यतालिका बनाई सार्वजनिक गरेको छ ।
कांग्रेसले आज (शुक्रबार) विज्ञप्ति जारी गरेर सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइराला र अन्य मन्त्रीहरुलाई भेटगर्न सहज होस भनेर कार्यतालिका निर्माण गरेको जनाएको हो ।
प्रधानमन्त्री कोइरालाल प्रत्यके हप्ता पार्टी कार्यालय सानेपा पुगेर शुभेच्छुक र कार्यकर्तासंग छलफल गर्ने छन् ।
सूची अनुसार कोइराला अनुकुल समय एवं पूर्व सूचनाका आधारमा पार्टी कार्यालय जाने छन् ।
उपप्रधानमन्त्री प्रकाशमान सिंह बुधवार दिउंसो २ देखि ४ वजे सम्म सानेपास्थित पार्टी कार्यालयमा बस्ने छन् ।
अर्थमन्त्री रामशरण महत बिहीबार ३ देखि ५ वजे, भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि सोमवार २ देखि ४ वजे, कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्य आइतवार ३ देखि ५ वजे सम्म पार्टी कार्यालयमा बसेर कांग्रेस कार्यकर्तासंग परामर्श गर्ने जनाईएको छ ।
वन तथा भू–संरक्षण मन्त्री महेश आचार्य बिहीबार २ देखि ४ वजे, शिक्षा मन्त्री चित्रलेखा यादव शुक्रवार ३ देखि ५ वजे, सूचना तथा संचार मन्त्री मिनेन्द्र रिजाल सोमवार २ लेखि ४ वजे, सिंचाई मन्त्री एन.पी. साउद शुक्रवार २ देखि ४ वजे, शहरी विकासमन्त्री नारायण खड्का आइतवार १ देखि २ वजे र श्रम तथा रोजगारमन्त्रीटेक वहादुर गुरुङ्ग मंगलवार २ देखि ४ वजे सम्म पार्टी कार्यालयमा जाने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार