उपप्रधानमन्त्री सिंह र राजदूतबीच भेटबार्ता

७ चैत्र २०७०, शुक्रबार १७:०२ मा प्रकाशित


काठमाडौं, ७ चैत । उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भेटवार्ता गरेका छन् ।
सिंहदरबारमा आज (शुक्रबार) भएको भेटवार्तामा भारतीय राजदूतावासको सहयोगमा सञ्चालित साना विकास आयोजनाका बारेमा उपप्रधानमन्त्री सिंहसंग परामर्श गरेका हुन् ।
उनले नेपालको विकासमा गरेको योगदान तथा आयोजना कार्यान्वयन गर्दा आइपरेको समस्याका बारेमा चर्चा गर्दै आगामी दिनमा आयोजनाको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने बताए ।
भेटघाटका अवसरमा उपप्रधानमन्त्री सिंहले नेपालको विकासमा भारतले प्रदान गर्दै आएको सहयोगको सराहना गरे । उनले स्थानीय निकायको निर्वाचनको अपरिहार्यताबारेमा उल्लेख गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न