संविधानसभा र व्यवस्थापिका–संसद कार्यसञ्चालन नियमावली पारित

७ चैत्र २०७०, शुक्रबार १६:५१ मा प्रकाशित


काठमाडौं, ७ चैत । संविधानसभाले संविधानसभा नियमावली २०७० र व्यवस्थापिका–संसदको कार्यसञ्चालन नियमावली २०७० लाई पारित गरेको छ ।
संविधानसभाको आज (शुक्रबार) बसेको बैठकमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले निणर्यार्थ प्रस्तुत गरेका थिए । प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । प्रस्ताव पारित भएसँगै संविधान लेखनको आधार तयार गरेको छ । त्यसअघि नियमावलीको मस्यौदामाथिको छलफलमा १९ सभासदले ८२ बुँदामा संशोधन प्रस्ताव पेस गरेका थिए ।
उनीहरूले ४६ नियमका प्रवाधानसँग सम्बन्धित रहेर संशोधन प्रस्ताव राखेकामा मस्यौदा समितिका अध्यक्ष लक्ष्मणलाल कर्णको जवाफपछि नौ सभासदले संशोधन प्रस्ताव फिर्ता लिए । अन्य सभासदका संशोधनको प्रस्तावलाई बहुमतले अस्वीकृत गरिएको थियो ।
प्रस्ताव पारित भएलगत्तै अध्यक्ष नेम्बाङले संविधानसभा र व्यवस्थापिका–संसदको कामकारबाहीलाई व्यवस्थित र पारदर्शी बनाउन नियमावलीले संविधान लेखनका लागि महत्वपूर्ण आधार तयार गरेको बताए । उनले आजैको विन्दुबाट संविधान लेखनलाई अगाडि बढाउन जरुरी रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा