क्रिकेट खेलाडीलाई पाँच लाखसहित राष्ट्रिय सम्मान

७ चैत्र २०७०, शुक्रबार १२:३० मा प्रकाशित

काठमाडौं, ७ चैत । बंगलादेशमा जारी आईसीसी टि ट्वान्टी वल्र्ड कप क्रिकेट प्रतियोगितमा राम्रो प्रदर्शन गरेको नेपाली क्रिकेट खेलाडीहरुलाई सरकारले नगदसहित सम्मान गर्ने जनाएको छ ।
काठमाडौंमा आज (शुक्रबार) आयोजित कार्यक्रममा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले दुई खेल जितेर मुलुकको प्रतिष्ठा बढाउन सफल खेलाडीहरुलाई सरकारले राष्ट्रिय सम्मान गर्ने बताए । उनले खेलाडीलाई नगद पाँच–पाँच लाख रुपियाँ र राष्ट्रिय सम्मान दिने बताए ।
‘राष्ट्रिय सम्मान गर्ने सबै तयारी भईसकेको छ,’ उनले भने, ‘अर्थमन्त्री ब्रसेल्सबाट फर्किएर आएपछि बस्ने मन्त्रिपरिषदको बैठकले त्यसबारे निर्णय लिन्छ ।’
नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष टंक आङ्बुहाङ्ले क्रिकेट टिमको ऐतिहासिक जितसँगै यसलाई जोगाएर राख्ने चुनौति थपिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल

काठमाडौँ । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर

बागलुङ । अब शायदै भलिबल कोर्टमा देखिने छन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई

आजको प्रमुख समाचार