नेमकिपा सभासद्को सबै तलब पार्टीलाई

७ चैत्र २०७०, शुक्रबार ०७:४३ मा प्रकाशित


काठमाडौं, ७ चैत । नेपाल मजदुर किसान पार्टीका सभासद्ले संसद् सचिवालयबाट पाउने सबै सुविधा र तलब पार्टीले नै बुझ्ने गर्छ । सभासद् भएबापत संसद् सचिवालयबाट एक रुपैयाँ पनि उनीहरूले राख्न पाउँदैनन् ।

नेपाल मदजुर किसान पार्टीका नेता प्रेम सुवालले नेमकिपाका सभासद्ले संसद् सचिवालयबाट पाउने सबै सेवा–सुविधा पार्टीले लिने गरेको जानकारी दिए । सुविधा र तलब लिएपछि सभासद्लाई घर खर्च चलाउन पार्टीले सहयोग दिने गर्छ । पार्टीले दिने गरेको सहयोगमा उनीहरूले चित्त बुझाउनुपर्छ ।

‘पार्टीको नीतिअनुसार संसद् सचिवालयबाट पाउने पार्टीका सभासद्हरूको सुविधा र तलब सबै पार्टीले नै लिने गर्छ,’ नेता सुवालले भने । सभासद्को जीवन चर्याका लागि उनीहरूको आवश्यकताअनुसार पार्टीले सहयोग गर्ने गरेको पनि उनले बताए । ‘उहाँहरूको जीवन चर्याका लागि पार्टीले आवश्यकताअनुसार सहयोग गर्छ,’ सुवालले भने, ‘पार्टी पद्धतिअनुसार यो निर्णय गरिएको हो । सबैका लागि नियम लागू भएको छ ।’

स्रोतका अनुसार सभासद्को स्वकीय सचिवले बुझ्ने सेवा–सुविधा पनि पार्टीले नै लिने गरेको छ । स्वकीय सचिव छान्ने अधिकार पनि सभासद्ले पाउँदैनन् । स्वकीय सचिवसमेत पार्टीले छानिदिने गरेको छ ।

नेपकिपा अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर–१ बाट प्रत्यक्ष चुनाव जितेका हुन् । अन्य तीनजना प्रेम सुवाल, अनुराधा थापा र डिल्लीप्रसाद काफ्ले समानुपातिक सभासद् हुन् । चार सभासद्मध्ये तीनजना भक्तपुरका हुन् भने काफले जुम्लाका हुन् ।

काफ्ले काठमाडौंमा डेरा गरेर बस्ने गरेका छन् । उनले पाउने कोठाभाडाबापतको पैसा पनि पार्टीले बुझ्ने गरेको छ । कोठाभाडा पार्टीले बुझाइदिने गरेको छ ।

पार्टीका सभासद्ले संविधानसभा या अन्य कुनै औपचारिक र सार्वजनिक कार्यक्रममा बोल्नुपर्‍यो भने बोल्ने कुरा पनि पार्टीबाट स्वीकृति लिनुपर्छ । संविधानसभामा बोल्ने कुरा पार्टी अध्यक्ष नारायणमान बिजुक्छे र पार्टीको संसदीय दलसँग सरसल्लाह गरेर मात्र बोल्ने नियम छ ।

‘पार्टी पद्धतिमा गइसकेपछि पार्टीको नियम मान्नुपर्छ । हामीले पार्टीको नियम मानेका हौँ,’ सभासद् अनुराधा थापाले भनिन्, ‘संविधानसभामा बोल्नुपर्दा हामीले पार्टीको संसदीय दलमा छलफल गर्छौं र त्यहाँबाट स्वीकृति लिएर मात्र संविधानसभामा बोल्ने गरेका छौँ ।’ नेमकिपाको अर्को परम्परा पनि छ । पार्टी सरकारमा नजाने । विगतमा पार्टी कहिले सरकारमा गएन । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति