आमाछोरी बेच्नेलाई ३० वर्ष कैद

७ चैत्र २०७०, शुक्रबार ०७:४० मा प्रकाशित


नुवाकोट, ७ चैत । जिल्ला अदालत नुवाकोटले दुई नाबालिका छोरीसहित आमालाई भारत लगेर बेच्ने तीनजनालाई ३० वर्ष कैदको फैसला सुनाएको छ ।

अदालतले मानव बेचबिखन गरेको प्रमाणित भएका तीनजनालाई जनही ३० वर्षको कैद सजाय सुनाएको हो । थानसिङ गाविसका उनीहरूलाई भारत लगेर बेच्नेविरुद्ध जिल्ला अदालतले बिहीबार यस्तो फैसला गरेको हो । अदालतले उर्लेर्नी–९ का २५ वर्षीय मनोज परियार, शिखरबेसी–३ का २५ वर्षीय कान्छा भन्ने रवि नेपाली र सोही वडाका २४ वर्षीय वसन्त परियार नेपालीलाई कैदको सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलासले उनीहरूलाई कैदसँगै दुई लाख ५० हजार जरिवानाको फैसलासमेत गरेको छ । अदालतले पीडित युवतीलाई जनही एक लाख २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला समेत गरेको अदालतका स्रेस्तेदार केशव पराजुलीले जानकारी दिए । फैसलापछि तीनैजनालाई जेल चलान गरिएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन–०६४ अनुसार सो फैसला भएको हो ।

उनीहरूले थानसिङ गाविसका ६ र आठ वर्षका दुई नाबालिका छोरीसहित एक २६ वर्षीया युवतीलाई १२ चैत ०६८ मा ललाइफकाई भारत पुर्‍याएर बिक्री गरेका थिए । युवती दलित समुदायकी हुन् । जागिर लगाइदिन्छु भनेर उनलाई भारत पुर्‍याएर बिक्री गरेको पीडितको भनाइ छ ।

आफ्नो श्रीमान्ले मदिरा सेवन गरेर दिने यातनाबाट मुक्ति दिलाउन भन्दै दलालले जागिर लगाइदिने आश्वसन दिएर भारत लगेको ती युवतीले बताइन् । बिक्री गरेपछि पीडित युवतीले भारतबाटै माइतीमा फोन गरी दलालहरूको विवरण दिएकी थिइन् । युवतीका दाजुले ९ भदौ ०६९ मा जाहेरी दर्ता गराएका थिए ।

सोही जाहेरीका आधारमा पीडकहरू पक्राउ परेका थिए । पीडित युवती कोठीबाट भाग्न सफल भई माघ ०६९ मा नेपाल आएकी थिइन् । उनले नेपाल आएर अदालतमा बयानसमेत दिएकी थिइन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण