नेपाल–भारत सुरक्षा बैठक सम्पन्न; भारतको सुरक्षा चासो

१६ बैशाख २०६९, शनिबार १९:१७ मा प्रकाशित

काठमाडौँ, १६ वैशाख । सुरक्षासम्बन्धी नेपाल–भारत द्विपक्षीय परामर्श समूहको नवौँ बैठक आज पोखरामा सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय सुरक्षा चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा सुरक्षा निकायलाई सुदृढ बनाउने, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने, सुरक्षाअधिकारीहरूलाई तालिम दिने तथा विपद् व्यवस्थापनमा सूचना आदानप्रदान गर्नेबारेमा छलफल भएको थियो ।

बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव दीपक धिताल र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको विदेश मन्त्रालयका सहसचिव अखिलेश मिश्राले गर्नुभएको थियो ।

बैठकअघि मिश्रा नेतृत्वको भारतीय प्रतिनिधिमण्डलले प्रधानसेनापति छत्रमानसिंह गुरुङ र परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईसँग बेग्लाबेग्लै भेटवार्ता गरेको थियो ।

द्विपक्षीय परामर्श समूहको दसौँ बैठक भारतमा बस्नेछ । परामर्श समूहको बैठक हरेक वर्ष पालैपालो नेपाल र भारतमा हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस