एमाले नेता ओली साईबर अपराधमा पक्राउ

६ चैत्र २०७०, बिहीबार १७:४६ मा प्रकाशित


दाङ, ६ चैत । एमाले दाङ जिल्ला कमिटीका सदस्य उत्तरकुमार ओली साईबर अपराधको अभियोगमा पक्राउ परेका छन् ।
श्रीगाउँ–१, लेटार निवासी ओलीलाई प्रहरीले काठमाडौंको शान्तिनगरस्थित आफ्नै ट्राभल्सबाट मंगलबार नियन्त्रणमा लिएको जनाएको छ । उनलाई साईबर क्राइमको अपराधमा महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले पक्राउ गरेको हो ।
एमाले नेता ओलीलाई लागेको आरोप प्रमाणित भएमा विद्युतीय कारोबार ऐन अन्तर्गत नगद र जरिवाना एवं २ बर्ष सम्मको जेल सजाय हुने कानूनी प्रावधान छ ।
ओलीका बिरुद्ध जबरर्जस्ती करणीका सम्बन्धमा जिल्ला अदालत चितवनमा मुद्दा चलिरहेको छ । दाङ क्षेत्र नम्बर ५ का ईञ्चार्ज समेत रहेका ओली संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट एमालेका तर्फबाट उम्मेदवार बनेका थिए । उनलाई कांग्रेसका दीपक गिरीले फराकिलो मतले पराजित गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण