पेट्रोलियम पदार्थको मूल्यमा आंशिक फिर्ता

६ चैत्र २०७०, बिहीबार १७:४० मा प्रकाशित


काठमाडौं, ६ चैत । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि आंशिकरुपमा फिर्ता लिएको जनाएको छ ।
सरकारको मूल्यबृद्धि आंशिक फिर्ता लिएलगत्तै दुई दिनदेखि अवद्ध संसद आज (बुधबार) सुचारु भएको छ । वन मन्त्री महेश आचार्यले संसदमा मूल्यबृद्धि आंशिक रुपमा फिर्ता लिने निर्णय भएको बताए ।
सरकारले पेट्रोलमा प्रतिलिटर १० रुपियाँ मूल्य बृद्धि गर्ने निर्णय गरेकोमा ४ रुपियाँ ५० पैसा मात्रै बृद्धि गर्ने भएको उनले बताए ।
म्ट्टितेल र डिजेलमा प्रतिलिटर २ रुपियाँ ५० पैसा मात्रै बृद्धि गरिने मन्त्री आचार्यले सदनलाई जानकारी गराए । यसअघि मट्टितेल र डिजेलमा प्रतिलिटर ६–६ रुपियाँ बृद्धि भएको थियो ।
हवाई ईन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियका लागि प्रतिलिटर १० रुपियाँ मात्रै बृद्धि गरिने मन्त्री आचार्यले बताए ।
मूल्यबृद्धिको विरोधमा प्रतिपक्ष एमाओवादी, राप्रपा नेपाललगायत दलहरुले आज ११ बजेको संसद बैठक अवरुद्ध पारेपछि सरकाले निगम पदाधिकारीसहित प्रतिपक्षसँग छलफल गरेर मूल्यबृद्धि आंशिक फिर्ता लिने निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा