तालिवान आक्रमणमा छको मृत्यु

६ चैत्र २०७०, बिहीबार १३:४० मा प्रकाशित

जलालावाद (अफगानिस्तान), ६ चैत । पूर्वी अफगानिस्तानको नान्गार्हार प्रान्तको प्रान्तीय राजधानी जलालाबाद सहरमा अवस्थित एक प्रहरीचौकीलाई लक्ष्यगरी गरिएको कारबम विस्फोटमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको समाचार छ ।

बिहीबार बिहान भएको यस कारबम विस्फोटमा अन्य २० भन्दा बढी व्यक्ति घाइते भएको प्रहरी स्रोतले जनाएको छ ।

स्थानीय समयानुसार बिहीबार बिहान ५ बजे भएको यस कारबम आक्रमणमा प्रहरीचौकी लगायत कयौँ अन्य भवन क्षतिग्रस्त भएको बताइएको छ ।

सो आक्रमणमा प्रान्तीय प्रशासकका भवन र स्थानीय राष्ट्रिय टेलिभिजन कार्यालयसमेत क्षतिग्रस्त भएको जनाइएको छ ।

बिहीबार बिहान सबेरै भएको यस आक्रमणमा पाँचभन्दा बढी आतङ्ककारीको सहभागिता रहेको अधिकारीले नाम नबताउने शर्तमा सिन्ह्वा समाचार समितिलाई बताएको छ ।

यस आक्रमणको तालिवान आतङ्ककारीले जिम्मा लिएको बताइएको छ ।

अफगानिस्तानका तालिवानहरुले आगामी अप्रिल महिनामा हुन लागेको राष्ट्रपतीय निर्वाचन बिथोल्नका लागि विभिन्न आक्रामक कारबाही गरिने धम्की दिँदै आएका छन् । सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध सुरु भएको चार महिनाभन्दा बढी भइसकेको छ । यस अवधिमा पहिलो पटक रूसले युक्रेनमा

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

आजको प्रमुख समाचार