श्रीमती बिक्री गर्न खोज्ने युवक पक्राउ

६ चैत्र २०७०, बिहीबार १२:४३ मा प्रकाशित


पर्सा, ६ चैत । पर्सा प्रहरीले आफ्नै श्रीमती बेच्न खोज्ने वीरगन्ज उपमहानगरपालिका–७ बस्ने २१ वर्षीय मोहम्मद सदाम हुसेनलाई पक्राउ गरेको छ ।
छ महिनाअगाडि विवाह गरेर ल्याएकी श्रीमतीलाई हुसेनले बुधबार बिहान बब्लु भन्नेलाई ५० हजार भारतीय रुपियाँमा बिक्री गर्न लागेको प्रहरीले दाबी गरेको छ ।
वीरगन्ज–१८ मा पीडितलाई फेला पारी उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेको हुसेनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
घटनाको विषयमा थप अनुसन्धान जारी रहेको पर्साका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र