शीर्ष नेताहरुको सांझ तेस्रो पटक बसेको बैठक पनि बिना निष्कर्ष सकियो

१६ बैशाख २०६९, शनिबार १९:०३ मा प्रकाशित

काठमाडौं, १६ बैशाख । मधेसी मोर्चासहित प्रमुख तीन राजनीतिक दलको सनिबार सांझ तेस्रो पटक बसेको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ । आजै शनिबार बिहानको बैठकमा संघीयता र शासकीय स्वरुपमा सहमति नजिक पुगेको दाबी गरे पनि मोर्चासहित प्रमुख तीन राजनीतिक दलका नेताहरुको सांझ पुन: तेस्रो पटक बसेको बैठकमा पनि कुनै सहमित जुट्न सकेन ।

कांग्रेसले आफ्नो प्रस्ताब ७ प्रदेशमा अडान कायमै राखेको छ भने माओवादी १० प्रदेशमा नै अडिग रहेको छ । तेस्रो ठुलो दल एमालेले पनि कांग्रेसको प्रस्तावित ७ प्रदेशभन्दा माथि हुन नहुने अडान राख्दै आएको छ । बैठक स्थलबाट बाहिरिएक कांग्रेस महामन्त्री कृष्ण सिटौलाले पार्टीमा आन्तिरक छलफल गरेर भोलि बिहान सहमतिको प्रयास पुन: प्रयास गरिने बताएक छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।