सार्वजनिक जग्गा धमाधम बिक्री

६ चैत्र २०७०, बिहीबार ०७:२९ मा प्रकाशित

उदयपुर, ६ चैत । जिल्लाको पूर्वी गाविस सिद्धिपुर–४ सिमलटारको करिब पाँच बिघा सार्वजनिक जग्गा व्यक्तिले बिक्री गरेको खुलेको छ ।

सिमलटार बजार व्यावस्थापन र गौरीकन्या प्राविको स्तरोन्नति गर्ने भन्दै स्थानीय दिलबहादुर मगरको अध्यक्षतामा रहेको सात सदस्यीय समितिले जग्गा बिक्री गरेको खुलेको हो । समितिमा दीपक मगर, अपार ओझा, अर्जुन ओझा, मानबहादुर खत्री, तिलक विक र धनबहादुर राई सदस्य छन् । समितिले १५ भन्दा बढी व्यक्तिलाई जग्गा बिक्री गरिसकेको खुलेको छ ।

समिति बनाएर ऐलानी जग्गा बिक्री गर्ने समितिका सातै सदस्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक ढुण्डीराज न्यौपानेले बताए । ऐलानी जग्गा बिक्री गरी ठगी गरेको जानकारी प्रहरीमा आएकाले उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी निरीक्षक न्यौपानेले बताए ।

ऐलानी जग्गा बिक्री गर्न नपाउने थाहा हुँदा–हुँदै पनि गैरकानुनी ढंगले समिति बनाई जग्गा बिक्री गरेकाले उनीहरूलाई पक्राउ गरेको न्यौपानेले बताए । प्रहरीसँगको बयानमा उनीहरूले १५ भन्दा बढीसँग रकम लिई तमसुक बनाइएको छ । तमसुकमा जग्गा भोगचल गर्न भनिएको स्थानीयले बताए ।

‘तमसुक हेर्दा विद्यालयको स्तरोन्नति गर्ने भन्दै सार्वजनिक जग्गा बिक्री गरेर समितिले ठगी गरेको देखिन्छ,’ प्रहरी निरीक्षक न्यौपानले भने । पक्राउ परेका सातैजनालाई अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए । करिब पाँच बिघा जग्गालाई अगाडि १३ हात पछाडि ३५ हात क्षेत्रफलमा प्लटिङ गरी जग्गा बिक्री गरिएको बताइएको छ । यसरी बिक्री गर्दा समितिले जग्गाको अवस्था हेरी ३० हजारदेखि लाख रुपैयाँसम्म लिएको नाम नबताउने सर्तमा एक स्थानीयले बताए ।

बिक्री गरिएको जग्गाको केही भागमा द्वाराखोला बगेको छ भने बाँकीमा स्थानीयले झुप्रो बनाएर व्यापार गर्दै आएका छन् । समितिले झुप्रो हटाइ खोला नियन्त्रण गररे जग्गा बिक्री गरेको प्रहरीले बताएको छ । जग्गा खरिद गर्ने स्थानीय नभएकाले समितिले ठगी गरेको स्थानीयको भनाइ छ । समितिका पदाधिकारीले जग्गा बिक्री गरेर व्यक्तिगत काममा खर्च गरेको स्रोतको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र