परीक्षा अवरोध गर्ने शिक्षक बर्खास्त हुन्छन्– शिक्षा मन्त्री शर्मा

१६ बैशाख २०६९, शनिबार १८:५५ मा प्रकाशित

काठमाडौं, १६ बैशाख । शिक्षा मन्त्री दीननाथ शर्माले भोली १७ गते देखि सुरु हुने कक्षा ११ र १२ को परीक्षालाई उच्च माविका शिक्षकहरुले अवरोध गरे त्यस्ता शिक्षकलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् । मन्त्री शर्माले जहाँसम्म हाम्रा शिक्षकहरुले गैरजिम्मेवारपूर्वक आफूले पढाएका विद्यार्थीहरुलाई फुटबल हान्ने काम गर्ने छैनन् यदी शिक्षामा स्वार्थ गाँसेर अवरोध गरिन्छ भने भोली त्यस्ता शिक्षक शिक्षक नै नरहने चेतावनी दिएका हुन् ।
शनिबार रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा मन्त्री शर्माले भने– उच्च माविका शिक्षकहरुले किन, केका लागि परीक्षा अवरोध गर्ने मलाई जानकारी छैन, भोलीदेखि हुने ११ र १२ को परीक्षामा अवरोध पूर्याउने हल्ला सुनेको छु, तर पनि परीक्षा रोकिँदैन, मैले जिल्ला प्रशासन, जिल्ला शिक्षा अधिकारी र सुरक्षा निकायलाई परीक्षा सञ्चालन गर्न निर्देशन दिईसकेको छु, परीक्षा रोकिँदैन । जिल्ला–जिल्लामा पाठ्य पुस्तक नपुगेको गुनासो आएको छ नि भन्ने पत्रकारको जिज्ञाशामा मन्त्री शर्माले भने– पाठ्या पुस्तक पुगेका छन्, यदी कुनै ठाउँमा पुगेका छैनन भने अबको २४ घण्टामा पाठ्य पुस्तक पुग्छन् ।
मन्त्री शर्माले पहिचान र सामथ्र्यको आधारमा राज्य पुनर्संरचना गर्ने सबै दलका नेताहरुले बचन दिएकाले त्यसैको आधारमा उभिएर जेठ १४ भित्रै संविधान जारी हुने ठोकुवा गरे । कति प्रदेश बनाउने भन्ने दलका नेताहरुले निर्धारण गर्ने होईन, समितिले १० प्रदेश भनेको छ, त्यही अनुसार हुनुपर्ने मन्त्री शर्माको दावी थियो ।
मन्त्री शर्माले भने– सरकार परिवर्तन गर्ने कुरा बेमौसमी बाजा मात्र हो, डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारसँगै सबै दलहरुको सहमति हुन्छ, राज्यपुनर्संचना पनि हुन्छ र जेठ १४ भित्रै संविधान जारी हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो