बस दुर्घटनामा ३७ यात्रु घाइते

१६ बैशाख २०६९, शनिबार १८:५२ मा प्रकाशित

सुर्खेत, १६ वैशाख । काठमाडौबाट सुर्खेतर्फ आउँदै गरेको ना ३ ख ५२९४ नम्बरको रात्री बस रत्न राजमार्ग अन्तर्गत सुर्खेतको हर्रेमा दुर्घटना हुँदा बसमा सवार ३७ यात्रु घाइते भएका छन् । शनिबार विहान साढे ७ बजे सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ च ११४१ नम्बरको निजी गाडीसँग ठोक्किदा बस सडकबाट करिब १ सय मिटर तल खसेको छ । बसमा सवार ३८ यात्रु मध्ये एक जना मात्र सकुशल छन् । अन्य ३७ यात्रु भने घाइते भएका छन् ।
घाइतेमध्ये १३ जनाको अवस्था गम्भिर छ । घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घटना भएको जानकारी पाउनासाथ बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षामा रहेको नेपाली सेनोको टोलले घाइतेहरुको उद्धार गरेको थियो ।
उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय छिन्चुबाट समेत प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस