श्रम विभागका निर्देशकसहित नौं अधिकारी पक्राउ

५ चैत्र २०७०, बुधबार १७:४६ मा प्रकाशित


काठमाडौं, ५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका निर्देशक चिरन्जीवी अधिकारीसहित ९ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
वैदेशिक रोजगारमा जाने व्यक्तिलाई श्रम स्वीकृति प्रदान गर्ने क्रममा अनियमितता गरेको आशंकामा अख्तियारले विभागका निर्देशकसहित नौ कर्मचारीलाई आज (बुधबार) हिरासतमा लिएको हो ।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले गैरकानूनी ढंगबाट कागजात बनाएर श्रम स्वीकृति प्रदान गरी अनियमितता गरेको बताए । उनले सोही आरोपमा उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा लिइएको जानकारी दिए ।
वैदेशिक रोजगार विभागका कर्मचारीले २०७० पुस २८ गते कतार गएका १ सय ९ जनालाई गैरकानूनी ढंगबाट गलत कागजातका आधारमा अन्तिम श्रम स्वीकृति प्रदान गरी अनियमितता गरेको अख्यातियारद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
२०७० माघ ३ गते ६३ जनालाई गलत कागजातका आधारमा दुबई पठाएको अख्तियारले जनाएको छ ।
अनुसन्धानको सिलसिलामा वैदेशिक रोजगार विभागका निर्देशक चिरन्जीवी अधिकारी, शाखा अधिकृतहरु कुमारप्रसाद पोखरेल, गम्भीरसिंह बिष्ट, लवराज जोशी, बाबुलाल रेग्मीलाई हिरासतमा लिएको छ ।
नायब सुब्बा भीमबहादुर बस्नेत र लक्ष्मी प्रसाद ढुंगाना, कम्प्युटर अपरेटर संजीव नेपाल र सुशील शाक्यपनि पक्राउ परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार