बन्द खुले पछि राजधानीको जनजीवन सामान्य

५ चैत्र २०७०, बुधबार १९:०६ मा प्रकाशित

काठमाडौं, ५ चैत । पेट्रोलियम पदार्थको मूल्यबृद्धि बिरुद्ध भएको उत्यका बन्द खुले पछि जनजीवन सामान्य बन्दै गएको छ ।
विपक्षी दल सम्बद्ध विद्यार्थी संगठनहरुले आज (बुधबार) गरेको राजधानी उपत्यका बन्द आह्वानले लाखौं सर्वसाधारण प्रभावित भएका हुन् । बन्दका कारण सार्वजनिक सवारी साधन चल्न नसके पछि यात्रुले सास्ती बेहोर्नु परेको प्रहरीले जनाएको छ ।
बन्दका बाबजुद पनि राजधानीमा निजी तथा भाडाका सवारी साधन फाटफुट चलेको महानगरीय ट्राफिक प्रहरी रामशाह पथले जनाएको छ ।
बन्द फिर्ता भएलगत्तै राजधानीमा सवारी आगामन सुचारु भएको छ । बन्द रहेका बजार पसल पनि खुल्न थालेका छन् । सडक तथा बजारमा चहल पहल बढेको छ ।
यसैबीच, बन्द सफल बनाउन सडकमा उत्रिएका विभिन्न १५ विद्यार्थी संगठनका दर्जन बढी नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
राजधानीका बिभिन्न स्थानबाट बन्दमा सहभागी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा एमाओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष हिमाल शर्मासहितका नेता तथा कार्यकर्ता छन् ।
प्रहरीले रत्नपार्कबाट अध्यक्ष शर्मालाई गिरफ्तार गरेको हो । बालाजु, चावहिल, गोङ्गबु, सोह्रखुट्टेलगायतका स्थानबाट समेत ३० भन्दा बढी नेता–कार्यकर्ता पक्राउ परेको अखिल क्रान्तिकारीले जनाएको छ ।
पक्राउ पर्नेमा उपाध्यक्ष रमेश मल्ल, सचिव नरेन्द्र न्यौपाने, उमेश थापा र ध्रुव ओली पनि रहेको विज्ञप्तिमा जनाईएको छ ।
बन्दकै क्रममा नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय सदस्यहरू धीरज खनाल, सन्त बुढा र सुशील खनाललगायत १२ जनालाई प्रहरीले बानेश्वरबाट गिरफ्तार गरेको सचिव खगेश्वर केसीले जानकारी दिए ।
उता, विद्यार्थी संगठनहरुले पनि बन्द अबज्ञा गरेको भन्दै दर्जनौं सवारी साधनमा तोडफोड र आगजनी गरेका छन् । उनीहरुले करीव आधा दर्जन सवारी साधनमा आगजनी गरेका थिए । बन्दको अवज्ञा गरेको भन्दै प्रदर्शनकारीले केही सवारी साधनमा तोडफोड गरेको प्रहरी भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार