गृहमन्त्री गौतमको कार्यशैलीको बिरोधमा सडक पेटीका व्यवसायी

५ चैत्र २०७०, बुधबार १४:१४ मा प्रकाशित


काठमाडौं ५ चैत । संयुक्त व्यवसायी संघर्ष समितिले सडक पेटीका व्यवसायीलाई काम गरेर खान दिन माग गरेको छ । प्रहरी प्रशासनबाट पेटीबाट हटाउने कार्य भए आन्दोलन गर्ने समितिको चेतावनी छ ।
समितिले आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर गृहमन्त्रीको ठाडो आदेशमा सडक पेटीमा सानो व्यवसाय गरेर जीविकोपार्जन गर्न नदिएको भन्दै आपत्ति जनाएको हो । सडक पेटीमा रहेका व्यवसायी, महिलाहरुलाई लाठी बजारेर गरिखान नदिने कार्य तत्काल बन्द गर्न समितिले सरकारलाई आग्रह गरेको छ ।
राष्ट्रिय स्वरोजगार व्यापार संघ, संयुक्त व्यापार व्यवसायी संगठन नेपाल, नेपाल स्वरोजगार व्यपार श्रमिक संघले स्वरोजगार श्रमिक व्यवसायीहरुलाई उचित सुरक्षित र दीर्घकालीन वैकल्पिक ठाउाको व्यवस्था गरिनुपर्नेलगायतका दश बुादे माग राखेका छन् ।
समितिले २०७० चैत ७ गते राज्यका विभिन्न सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउने, ९ र १० गते पार्टीका शीर्ष नेतालाई ज्ञापन पत्र दिने, १२ गते जिल्ला प्रशासन घेराउने गर्ने, चैत १८ गते विरोध र्‍यालीको आयोजना गरी आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउने जस्ता संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
गृहमन्त्री बामदेव गौतमले सडक पेटीमा रहेका अब्यवस्थित व्यवसाय हटाउन प्रहरी प्रशासनलाई आदेश दिए पछि साना व्यवसायीहरु आन्दोलित भएका हुन् । उनीहरुले प्रहरीले अनावश्यक दु:ख दिएर काम गर्न नदिएको जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र