शर्मिली एम्मा

५ चैत्र २०७०, बुधबार ०९:१६ मा प्रकाशित


लन्डन : सार्वजनिक कार्यक्रममा बिरलै देखिन्छिन् हेरी पोटर अभिनेत्री एम्मा वाटसन । कुनै कार्यक्रममा उनले सहभागी जानईहालिन् भने पनि गुपचुप रहने गरेकी छन् ।
उनको गुपचुप रहेने बानीका कारण धेरैले धेरै थरिका अनुमान पनि लगाएका छन् । तर अन्र्तमुखी तथा शर्मिली स्वभावका कारण उनी त्यसरी गुपचुप रहेको धेरैलाई थाहा नहुन सक्छ ।
२३ बर्षीय यी अभिनेत्रीले आफूलाई धेरै मानिसको जमघट हुने बिभिन्न समारोहमा सहभागी हुन अप्ठ्यारो लाग्ने बताएकी छन् । उनले भनिन्, ‘मलाई मानिसको भिडभाडबाट एक किसिमको उकुस मुकुस पैदा हुन्छ ।’ भिडभाडमा धेरै मानिसले धेरैथरिका प्रश्न गर्ने भएकोले पनि आफूलाई उकुस मुकुस हुने उनले खुलाइन् ।
पार्टीमा आफुलाई चाहिने भन्दाबढी महत्व दिने भएकोले पनि डर लाग्ने गरेको उनको अनुमान छ । उनले भनिन्, ‘यसकारण पनि मलाई बिभिन्न पार्टी तथा समारोह मनपर्दैन ।’ आफू शर्मिली केटी भएकोले पनि यस्ता समारोह मन नपरेको उनले सुनाइन् । सानोतिनो कुरामा पनि टेन्स लिने आफ्नो बानीका कारण साथीभाई परिवार पनि कयौ पटक हैरानीमा परेको उनले बताइन् । भनिन्, ‘मानिसको भिडबाट टाढा रहनुनै मेरा लागि लाभदायक छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया