हलिउड चलचित्रमा सोनाक्षी

५ चैत्र २०७०, बुधबार ०९:११ मा प्रकाशित


मुम्बई : अचेल बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको निकै राम्रौ समय चलेको छ । उनको सफलताको श्रृंखलाले पछ्याइ रहेका छन् । केही समय यता बलिउडमा उनका सफल चलचित्र पनि आए भने उनी हलिउड चलचित्रमा समेत काम गर्न सफल भएकी छन् ।
उनले हालै हलिउड चलचित्र ‘रियो २’मा केही सम्बादका साथै एक गीतमा स्वर दिएर हलिउड यात्रा शुरु गरेकी छन् । उनले यो चलचित्रको हिन्दी संकरणमा काम गरेकी हुन् । चलचित्र आगामी अप्रिल महिनामै भारतमा प्रर्दशन हुने तरखरमा पनि छ । चलचित्र भित्र रहेको जेलन नामको चरित्रका लागि उनले सम्बाद बोलेकी हुन् । यसै चलचित्रको एक पुरुषको भूमिकामा अभिनेता इमरान खानले समेत आवाज दिएका छन् ।
चलचित्रमा एउटा पार्टीको दृश्य पनि छ । उक्त पार्टीको दृश्यमा जेलनले गीतमा स्वर दिएकी हुन् । सोही दृश्यलाई पुरा गर्ने सोनाक्षीले गीत गाएकी हुन् । ‘मलाई चलचित्र ‘रियो २’को डबिङमा निकै मज्जा आयो,’ अभिनेत्री सोनाक्षीले भनिन्, ‘यो निकै मनोरञ्जनात्मक चलचित्र रहेछ । यसमा काम गर्न पाउनु मेला लागि गौरवको कुरा हो । ’ आफ्नो आवाज चलचित्रमा निर्बाह गरेकी चरित्रको भूमिकामा मिलेको समेत सोनाक्षीले खुलाएकी छन् ।
‘चलचित्रमा एक दृश्य छ । जहा जेवेल नाचेकी छन् ’ उनले भनिन् ,‘ त्यहि गीतको दृश्यका लागि मेहनत गरेर गीत गाएकी छु ।’ गीत गाउँदा आफूले निकै आनन्द महशुस गरेको समेत उनले खुलाइन् । चलचित्र ब्राजिल शहरको ‘रियो डी जेनेरियो’को पृष्ठभूमिमा आधारित छ । चलचित्र भारतमा अग्रेजी ,हिन्दी, तमिल र तेलगु सहित चार भाषामा थ्रिडी सिस्टममा प्रर्दशनमा आउने भएको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

आजको प्रमुख समाचार