म अलि रिसाहा स्वभावको छु : दिया

५ चैत्र २०७०, बुधबार ०९:०३ मा प्रकाशित


काठमाडौं : अभिनेत्री दिया मास्के रंगमञ्चबाट चलचित्र अभिनयमा भित्रीएकी हुन् । रंगमञ्चीय अभिनयमा रमाउँदा रमाउँदै भुषण दाहालको निर्देशनमा बनेको चलचित्र ‘कागबेनी’मा अभिनय शुरु गरेकी दियाले ‘सुनगाभा’ ‘साँघुरो’ हुँदै ‘फिटकिरी’सम्म आयपुग्दा आधादर्जन चलचित्रमा अभिनय गरिसकेकी छन् ।
दियाको पछिल्लो चलचित्र ‘फिटकिरी’ अहिले प्रर्दशनको तयारीमा छ । प्रत्येक चलचित्रमा भूमिकाका कारणले नयाँ परिचय बनाउने गरेकी दिया निर्देशक अनुप बरालसँग चाँडै नै लगनगाँठो कस्ने तयारीमा छिन् । प्रस्तुत छ यीनै अभिनेत्रीसंग गरिएको कुराकानीका केही अंशः

तपाई अभिनेत्री कि रंगकर्मी ?

म एक कलाकार हुँ । अभिनेत्री र रंगकर्मी मेरोकामको परिचय हो ।

तपाइको पछिल्लो चलचित्र ‘फिटकिरी’ रिलिज हुँदैछ । कतिको उत्साहित हुनुहुन्छ ?

यो मेरो सातौं चलचित्र हो । यसचलचित्रमा मेरो अहिले सम्मकै फरक भूमिका छ । तर पहिलो चलचित्रको जति उत्साह चाहिं नहुँदो रहेछ । तर, डर चाहिं हुने रहेछ । जति अगाडि बढ्दै गयो त्यती दायित्व बढ्ने हुनाले एक खालको डर हुँदो रहेछ ।

कस्तो किसिमको डर ?

चलचित्र कस्तो होला । दर्शकले मन पराउलान् की नपराउला भन्ने डर छ । मलाई आफुले गरेको काम सधै अरुले प्रशंसा गरिदिओस् भन्ने लाग्छ ।

फिटकिरी’मा तपाईंको भूमिका कस्तो छ ?

एउटा साधारण केटी हुन्छें । तर उस्को सपना ठूलो छ । यो क्यारेक्टर एउटा ज्याज डान्सर हो । उसले ज्याज डान्समै केही गर्ने कोशिस गर्छ ।

अघिल्ला चलचित्र जस्तै ‘फिटकिरी’बाट पनि सफलता पाउने सम्भावना छ ?
सम्भावना त धेरै छ । त्यसैले पनि यस चलचित्रमा अभिनय गरेकी हुँ । त्यस्तो कुनै खालको ‘स्कोप’ नभैदिएको भए मैले यो चलचित्र गर्ने थिइँन । त्यसैले प्रशंसा पाउने आशा पनि छ । मैले पनि काम राम्रो गरेकी छु । पुरै टिमले राम्रो काम गरेका छन् ।

तपाई नृत्यबाट कसरी अभिनयमा फड्को मार्नुभयो ?

मलाई अभिनयमा ल्याउन अनुप बराल र नवीन सुब्बाको हात छ । म म्युजिक भिडियो खेल्थें । आलोक नेम्वाङले निर्देशन गरेको ‘भिज्यो सिरानी।।।’ बोलको म्यूजिक भिडियो उहाँहरुले हेर्नु भएको रहेछ । उहाँहरुलाई ‘दलन’ टेलिफिल्मको लागि एउटा ‘काली’ भन्ने क्यारेक्टर चाहिएको रहेछ । मलाई अडिसनमा बोलाइयो । त्यहाँ पास भएपछि मैले ‘दलन’मा अभिनय गरें । तर अभिनयमा आउने मेरो पहिल्यैदेखिको सोँच चाहिं थिएन । अभिनय गर्न सक्छु जस्तो पनि लागेको थिएन । तर, दलन गरेपछि र एक्टर्स स्टुडियोमा क्लास सिकेपछि अभिनय गर्न सकें । पछि लाग्यो अभिनय भन्ने कुरा धेरै नै गम्भिर विषय रहेछ लाग्यो ।

तपाइको बिचारमा सुन्दरता के हो ?

सुन्दरता व्यक्तिको नजरमा हुन्छ । अनुहारमा हैन । तपाईंलाई राम्रो लाग्ने व्यक्ति मलाई नराम्रो लाग्न सक्छ । त्यसैले सुन्दरताको एउटा निश्चित परिभाषा हुन्छ जस्तो मलाई लाग्दैन ।

तपाईंलाई संसारमा सबैभन्दा सुन्दर लाग्ने व्यक्ति को ?

मलाई मेरी आमा संसारकै सुन्दर लाग्छ । आमा जस्तो राम्रो त मलाई ऐश्वर्य राय पनि लाग्दैन । अभिनयकै कुरा गर्ने हो भने पनि अनुहार नराम्रो भएर राम्रो अभिनय गर्ने व्यक्ति मलाई मनपर्छ ।

गुरु अनुपसँग बिहे गर्दै हुनुहुन्छ । गुर चेलीको सम्बन्ध कसरी बिहेसम्म पुग्यो ?

उहाँसँग लामो समयसँगै काम गरें । घरमा बिहेको कुरा चल्यो । दुवैको घरमा एकअर्काको परिचय भयो । घरबाट ‘ओके’ भैसकेपछि हामीले बिहे गर्ने निर्णय गरेका हौं । चिनिएको ७ वर्षपछि हामीले बिहे गर्ने कुरा चलाएका हौं ।

कुन कुराले अनुपप्रति आकर्षित हुनुभयो ?

मलाई परिपक्वता भएको व्यक्ति मनपर्छ । मलाई पहिलादेखि नै आफू भन्दा परिपक्व र बढी उमेरको व्यक्ति जीवनमा होस् भन्ने लाग्यो । म अलि रिसाहा स्वभावको छु । ममा कति कुरामा बचपना पनि छ । सायद मेरो स्वभावलाई सन्तुलन गर्ने व्यक्ति पाएँ । एक अर्कालाई विपरित कुराले आकर्षण गर्छ भनेजस्तै सायद अनुप सरसँग त्यो कुरा पाएँ होला ।

कस्तो भूमिका तपाईलाई मन पर्छ ?

अहिले सम्म हरेक चलचित्रमा भिन्न–भिन्न भूमिका गरेकी छु । राम्रो छ भने म एउटा सानो भूमिका पनि गर्न तयार छु । चाहे त्यो नेगेटीभ होस् या पोजेटिभ ।

– सुना गरुङ

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार