राजधानी उपत्यका बन्द/विद्यार्थी आन्दोलन विभाजित

५ चैत्र २०७०, बुधबार ०८:१८ मा प्रकाशित


काठमाडौं, ५ चैत । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको बिरोधमा आह्वान गरिएको उपत्यका बन्दको प्रभाव राजधानीमा परेको छ ।
बन्दका कारण हज्जारौं सर्वसाधारण मर्कामा परेका छन् । सवारी साधन चल्न नसक्दा गन्तव्यमा जान समस्या खेप्नु परेको उनीहरुले गुनासो गरेका छन् । विपक्षी दल सम्बद्ध विद्यार्थी संगठनहरुले आज (बुधबार) बन्द आह्वान गरेका हुन् ।
बन्दका क्रममा फाटफुट सवारी साधन चलेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । बन्दमा हुन सक्ने झडप र तोडफोड रोक्न सुरक्षा निकायलाई उल्लेख्य रुपमा सडकमा उतारिएको छ ।
बन्दमा कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियुले भने समर्थन जनाएका छैनन् । उनीहरुले मूल्यबृद्धि विरुद्धको आन्दोलनमा विद्यार्थी संगठनहरुसँग सहकार्य भए पनि बन्दको पक्षमा नरहेको भन्दै बन्दबाट अलग भएका हुन् । बन्दसँग विद्यार्थी आन्दोलन विभाजित भएको छ ।
बन्द सफल बनाउन दुबै माओवादी निकट अखिलसहितका दर्जन विद्यार्थी संगठन आज सडकमा उत्रिएका छन् । बन्द सफल बनाउन सडकमा उत्रिएका एमाओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मासहितका विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई बन्द सक्किए पछि रिहा गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार