केशव स्थापित काठमाडौँ नगर विकासको आयुक्तमा नियुक्त

१५ बैशाख २०६९, शुक्रबार १८:४५ मा प्रकाशित

काठमाडौं, १५ वैशाख । सरकारले काठमाडौँ उपत्यका विकास प्राधिकरणको आयुक्तमा पूर्व मेयर केशव स्थापितलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले लाई नियुक्त गरेको हो। सरकारले नगर विकास समिति भङ्ग गरेर उपत्यका विकास प्राधिकरण गठन गरेको हो। स्थापितले आफू मेयर निर्वाचित हुँदा रानीपोखरी-रत्नपार्क फराकिलो पार्ने, कलंकीको बाटो फराकिलो पार्ने, माइतीघर मण्डल बनाउने आदि कामबाट लोकप्रियता हासिल गरेका थिए।

राजाको प्रत्यक्ष शासनकालमा गराइएको स्थानीय निर्वाचनमा काठमाडौँको मेयर पदमा उम्मेदवारी दिएका स्थापितले पछि माओवादीको दबाबका कारण उम्मेदवारी फिर्ता लिएका थिए। उनले पछिल्लो पटक प्रजा परिषद् पार्टीको नेतृत्व सम्हालेका थिए तर त्यहाँ केही गर्न नसकेपछि उनी एमालेमा फर्किएका थिए।
न्युक्ति पछी संचारकर्मीसंग कुरा गर्दै स्थापितले नदी किनारका सुकुम्बासीलाई हटाउनु आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप