अपराध गर्नेलाई छुटाउन सभासदको चलखेल

५ चैत्र २०७०, बुधबार ०७:३४ मा प्रकाशित


खोटाङ, ५ चैत्र । खोटाङमा अपराधी छुटाउन सभासदको दबाब परेको खुलासा भएको छ । अर्गेली र अल्लो बोकेर काठमाडौं जाँदै गरेको माल बाहक गाडडी रोकेर रकम असुल्दै गर्दा पक्राउ परेका सात जनालाई छुटाउन प्रहरीलाई सभासद पाँचकर्ण राईले दबाब दिएको खुलासा भएको हो ।

राखावाङ्देलबाट काठमाडौं जाँदै गरेको तीन वटा मालबाहक ट्रक रोकेर रकम असुलेको आरोपमा १९ गते राति ११ बजे हलेसीमा पक्राउ परेका सात युवालाई छुटाउन सभासद राईले प्रहरी कार्यालय पुगेर विदामा जनकपुर घर पुगेका प्रहरी नायव उपरीक्षक गोविन्दकुमार साहलाई टेलिफोन मार्फत सभासद राईले दबाव दिएको प्रहरीले स्रोतले जनाएको छ । पक्राउ परेकालाई नछोडे सदन र मन्त्रालयमा कुरा चलाउने धम्की समेत दिएको एक प्रहरी अधिकारीले बताए । सभासद राईको धम्कीप्रति प्रहरी संगठन दुःखी बनेको एक अधिकारीले सुनाए ।

मध्यपहाडी लोकमार्ग अन्तरर्गत हलेसीमा फागुन १९ गते राति ११ बजे गाडी रोकेर रकम लिने क्रममा महादेवस्थान ४ का २५ वर्षीय सुवाश राई, २२ वर्षीय दीपेन्द्र राई, १८ वर्षीय सन्तोश राई, दुर्छिम ४ का २१ वर्षीय सुरेश राई, १७ वर्षीय हरि राई, १८ वर्षीय पूर्ण राई र २७ वर्षीय पविन्द्र राई पक्राउ परेका थिए ।

सभासद राईले भने यो घटनाका मुख्य नाइके दुर्छिम १ का रूपेन्द्र राईलाई पक्राउ नगरी सोझा युवाहरूलाई फसाइएको र उनीहरूको एसएलसी छुट्न लागेकाले अनुरोध मात्र गरेका बताए । यसबारे प्रहरी नायव उपरीक्षक गोविन्दकुमार साहले भनाभन भएको बताए ।

सभासदको दबाबपछि सातै जना सामान्य धरौटीमा छुटेका छन् । अर्गेली र अल्लो बोकेर काठमाडौं जाँदै गरेको माल बाहक गाडि रोकेर रकम असुल्दै गर्दा पक्राउ परेका सात जनाबाट जनही दश हजार रूपैयाँ धरौटी लिएर सार्वजनिक मुद्दामा मङ्गलबार छुटेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न