विपक्षीको चेतावनी पछि संसद आधा घण्टा स्थगित

४ चैत्र २०७०, मंगलवार २०:१० मा प्रकाशित


काठमाडौं, ४ चैत । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको प्रभाव सदनमा पनि परेको छ । व्यवस्थापिका–संसदमा विपक्षी दलका सांसदले सरकारको चर्को विरोध गर्दै मूल्य वृद्धि फिर्ता नभएसम्म सदनको कारबाही अघि नबढाउन माग गरेपछि आधा घण्टा बैठकको कारबाही स्थगन भएको हो ।
मूल्य वृद्धि सरकारको बाध्यता भएको स्पष्टीकरण अर्थमन्त्रीले सदनसमक्ष प्रस्तुत गरे पनि एमाओवादी, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम नेपाल, फोरम (लोकतान्त्रिक) लगायत विपक्षी दलका सांसदले मूल्य वृद्धि फिर्ता नभएसम्म संसद सञ्चालन नगर्न सभामुखसमक्ष आग्रह गरे पछि स्थगन भएको थियो ।
विपक्षी दलहरुको बहिष्कारको चेतावनी पछि सभामुखले बैठक आधा घण्टा स्थगन गरेको संसद सचिवालयले जनाएको छ ।
बैठकको प्रारम्भमा सत्तारुढ दल कांग्रेस र एमालेका सांसदले समेत मूल्य वृद्धिको विरोध गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र