महिला कामदारलाई यातना दिने प्रहरीलाई कारबाहीको माग

४ चैत्र २०७०, मंगलवार १६:१७ मा प्रकाशित


काठमाडौं, ४ फागुन । नेपाल रेष्टुरेन्ट ब्यवसायी संघले रेष्टुरेन्टमा काम गर्ने तीन महिला कामदारहरुलाई गैरकानूनी रुपमा पक्राउ गरी यातना दिने प्रहरीका कनिष्ठ अधिकृतलाई कारबाहीको माग गरेको छ ।
संघले आज (मंगलबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर रेष्टुरेण्टमा काम गर्ने महिला कामदारलाई यातना दिने गंगबु सामुदायिक प्रहरीका नायव प्रहरी निरीक्षक शिव श्रेष्ठमाथि तत्काल कारवाहीको माग गरे ।
नायव प्रहरी निरीक्षक शिव श्रेष्ठले चैत १ गते शनिवार गंगबुको साईनो रेष्टुरेन्टबाट तीन महिला कामदारहरु उषा पौडेल, सोनु गुरुङ र सुनिता मगरलाई पक्राउ गरेर प्रहरी कार्यालय लगेर यातना दिएको संघले आरोप लगाएको छ । प्रहरीको कुटपिटबाट महिला कामदारहरु घाईते समेत भएका छन् ।
पत्रकार सम्मेलनमा कानून ब्यवसायी दिनेश त्रिपाठीले बिना वारेन्ट कसैलाई पनि पक्राउ गर्न नपाईने बताए । उनले महिला कामदारलाई यातना दिने प्रहरीका कनिष्ठ अधिकारी श्रेष्ठलाई निलम्बन गरेर छानविन प्रक्रिया अघि बढाउन माग गरे ।
राष्ट्रिय महिला आयोगकी सदस्य उर्मिला विकले महिलामाथि चौतर्फी अन्याय भईरहेको अवस्थामा कानूनको पालना गराउने निकाय प्रहरीले नै यातना दिने कार्य चिन्ताको विषय रहेको बताईन् ।
संघका अध्यक्ष मनोज केसीले लाखौं बेरोजगार महिलाले रेष्टुरेन्टमा भए पनि रोजगार पाईरहेको अवस्थामा राज्यले त्यसलाई मर्यादित बनाउनु पर्ने बताए । उनले रेष्टुरेण्टमा काम गर्ने महिला कामदारलाई दुख दिएर हतोत्साहित गर्न खाजेको बताए ।
‘रेष्टुरेन्ट ब्यवसाय अमर्यादित भएको लाग्छ भने आवश्यक कानून ल्याएर त्यसलाई मर्यादित पेशा बनाउन पहल गरे हुन्छ,’ उनले भने, ‘हामी कानून मातहतमा सधै तयार छौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार