आयल निगमको घाटाकम गर्न मूल्यवृद्धि : सरकार

४ चैत्र २०७०, मंगलवार १४:४२ मा प्रकाशित


काठमाडौं, ४ चैत । अर्थमन्त्री डा.रामशरण महतले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको बाध्यता भएको जनाएका छन् ।
व्यवस्थापिका–संसदको आज (मंगलबार)को बैठकमा मूल्यबृद्धिका विषयमा जानकारी दिँदै अर्थमन्त्री डा.महतले नेपाल आयल निगम चरम घाटामा रहेकाले सरकारले बाध्य भई मूल्यवृद्धि गर्नुपरेको बताए ।
‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि सार्वजनिक चिन्ता र चासोको विषय हो,’ उनले भने, ‘नेपाल आयल निगमको एक अर्ब ७० करोड घाटा कम गर्नका लागि मूल्य समायोजन गर्न सरकार बाध्य भएर मूल्य बृद्धि गरेको छ ।’
भारतीय आयल निगमलाई बक्यौताको ठूलो रकम तिर्न बाँकी रहेको भन्दै उनले त्यसनिम्ति सरकारले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग जमानी बसेर ऋण तिर्ने व्यवस्था मिलाएको बताए ।
उनले मूल्य बृद्धिको विरोधमा रहेका विद्यार्थी संगठनसँग सरकारले वार्ता गरिरहेको र त्यसलाई सकारात्मक निष्कर्षमा पु¥याउन सरकार लागिपरेको बताए ।
‘मूल्य वृद्धिबाट सरकार पनि चिन्तित छ,’ उनले भने, ‘त्यसको व्यवस्थापन गर्न सरकार संवेदनशील छ ।’
शुरुमा सांसदले पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण जनता प्रताडित भएको भन्दै ध्यानाकर्षण गराएपछि अर्थमन्त्री डा.महतले सदनमा जवाफ दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको