मूल्यबृद्धिको बिरोधमा संसदमा सरकारको कडा आलोचना

४ चैत्र २०७०, मंगलवार १४:२३ मा प्रकाशित


काठमाडौं, ४ चैत । पेट्रयम पदार्थको मूल्यबृद्धिको निर्णयको सत्ता पक्ष र विपक्षी दलका सभासदहरुले चर्को बिरोध गरेका छन् ।
व्यवस्थापिका–संसदको आज (मंगलबार) बसेको बैठकमा सभासदहरुले मूल्यबृद्धि गरेर सरकारले जनताको ढाड सेक्ने काम गरेको बताए । उनीहरुले नेपाल आयल निगम भित्रको अनियमितता र भ्रष्टाचार नरोकेर मूल्यबृद्धि गर्ने बिकल्प खोजेको भन्दै सरकारप्रति आक्रोश पोखे ।
कांग्रेसका सभासद अर्जुननरसिंह केसीले मूल्य वृद्धिका कारण नेपाली जनता नराम्ररी प्रभावित भएको बताए । उनले दूध र पेट्रोलियम पदार्थको मूल्यबृद्धिले जनता थप मर्माहत भएको उल्लेख गरे ।
‘नेपाल आयल निगममा व्याप्त अनियमितता अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसँग मेरो आग्रह छ ।’
विपक्षी दल एमाओवादीका सभासद सुरेन्द्र कार्कीले महँगीको मारमा जकडिएका जनतालाई राहतको व्यवस्था हुनुपर्ने माग गरे । उनले महँगी नियन्त्रण प्रभावकारी रुपमा हुनुपर्ने बताए ।
राप्रपा (नेपाल) का सभासद कमल थापाले नेपाल आयल निगमका अनियमितता निरन्तर गर्नेतर्फ चासो नदेखाएको आरोप लगाए । उनले विगतमा विभिन्न आयोगले निगमको अध्ययन गरी प्रस्तुत गरेका प्रतिवेदन हेर्दै नहेरी हचुवाका भरमा पेट्रोलियम पदार्थको भाउ बढाइएको बताए । उनले मूल्यबृद्धिको निर्णय तत्काल फिर्ता लिन माग गरे ।
सभासद थापाले मूल्यबृद्धिको निर्णय फिर्ता नभएसम्म संसदको कारबाही स्थगन गर्न माग गरे ।

मूल्य वृद्धिबारे सभामुखबाट सरकारको ध्यानाकर्षण

यसैबीच, व्यवस्थापिका–संसदले दूध तथा पेट्रोलियम पदार्थमा हालै भएको मूल्य वृद्धिबारे सरकारको ध्यानाकर्षण गराएको छ ।
सभासदहरुले मूल्यबृद्धिको बिरोधमा आवाज उठाएपछि सभामुखले सरकारलाई आफ्ना दृष्टिकोण प्रस्तुत गर्न ध्यानाकर्षण गराएका हुन् ।
राप्रपा नेपालका सभासद कमल थापा र एमाओवादीका सभासद कृष्णबहादुर महराले बारम्बार पेट्रोलियम पदार्थको भाउ बढाउनाको कारण सरकारले स्पष्ट गर्नुपर्ने माग गरेका थिए ।
सिङ्गो मुलुक आन्दोलित भएका बेला पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे सरकार मौन रहन नमिल्ने भन्दै उनीहरुले सदनमा सरकारको जवाफ माग गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार