काठ दाउरा सहज रुपमा उपलब्ध गराउँछौं : आचार्य

४ चैत्र २०७०, मंगलवार १४:०७ मा प्रकाशित


विराटनगर, ४ चैत । वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले जनतालाई सहज रुपमा काठ दाउरा उपलब्ध गराउन निर्देशन दिएका छन् ।
विराटनगरमा आज (मंगलबार) पत्रकारसँग कुरागर्दै मन्त्री आचार्यले काठ दाउराका लागि हुने गरेको जिल्ला वन कार्यालयको प्रशासनिक झन्झट हटाउने बताए । काठ दाउराका लागि सर्वसाधारणले समस्या बेहोर्नु परेको उनको भनाई छ ।
उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको बाध्यकारी निर्णय भएकाले आन्दोलनको कार्यक्रम फिर्ता लिन सम्बन्धित पक्षसँग आग्रह गरे ।
मन्त्री आचार्यले भने, ‘मूल्य वृद्धिले जनतामा नकारात्मक प्रभाव परेकाले सरकारले अरु वैकल्पिक स्रोतबाट पेट्रोलियम पदार्थको आपूर्तिको व्यवस्था गर्नुपर्छ ।’
पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनताको जनजीवनमा असर परे पनि सरकारले जनतामा आयआर्जन एवम् रोजगारीका अवसर सिर्जना गरेर राहत दिने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार