कांग्रेसद्धारा सात प्रदेशको प्रस्ताव

१५ बैशाख २०६९, शुक्रबार १८:२० मा प्रकाशित

काठमाडौं, १५ वैशाख । कांग्रेसले संघीय राज्यका लागि सात प्रदेशको प्रस्ताब गरेको छ । कांग्रेसले माओवादी, एमाले र मधेसी मोर्चालाई सात प्रदेशाको आफ्नो नयाँ प्रस्तावमा सहमत हुन समेत आग्रह समेत गरेको छ ।
कांग्रेस नेता राम शरण महतले दिएको जानकारी अनुसार कांग्रेसले नाम पछि तोक्ने गरेर सात प्रदेशको प्रस्ताव गरेको हो । यस अघि हिजो माओवादीले दस प्रदेशको प्रस्ताव गरेको थियो ।
कांग्रेसले मेची कोशी, सोलु, ओखलढुङगालाई मिलाएर एक नम्वर प्रदेश बनाएको छ भने सप्तरीदेखि पर्सा, उदयपुर, सिन्धुली तथा मकवानपुरलाई जोडेर दुई नम्वर प्रदेशको प्रस्ताव गरेको छ ।
उसले तीन नम्वरमा नवलपरासीदेखि वर्दियासम्मको भागलाई प्रस्ताव गरेको छ । त्यसै गरेर चार नम्वर संघीय राज्यमा जनकपुर अञ्चलका सबै पहाडी जिल्ला, वागमती अञ्चल र चितवनलाई समेटेको छ ।
पाँच नम्वर संघीय राज्यमा गण्डकी, धौलागिरी, र लुम्बिनीका पहाडी जिल्लालाई राखिएको छ ।
६ नम्वर संघीय राज्यमा राप्ती, भेरी र कर्णालीलाई प्रस्ताव गरेको कांग्रेसले सात नम्वर संघीय राज्यमा सेती र महाकालीलाई प्रस्ताव गरेको छ । यी राज्यको नामाकरण भने पछि गरिने नेता महतले बताए ।
संघीय राज्य बनाउदा जिल्लालाई अखण्ड राख्नुपर्ने कांग्रेसको प्रस्ताव छ ।
यसैवीच, प्रमुख दलको बैठक भोलि सम्मका लागि स्थगित भएको छ । एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको र उसले राज्य पुनर्संरचनामा प्रस्ताव नल्याएकाले बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला