जाजरकोटमा बम विष्फोटबाट बालक गम्भीर घाईते

४ चैत्र २०७०, मंगलवार १२:५७ मा प्रकाशित


दैलेख, ४ चैत । जाजरकोट जिल्लामा बेवारिसे बम विष्फोटमा परेर एक बालक गम्भीर घाईते भएका छन् ।
दह–१ का १० बर्षीय खड्कबहादुर बुढा बेवारिसे बम विस्फोटबाट घाईते भएका हुन् । गम्भीर घाईत बुढालाई दैलेखको नौमूले बजारमा उपचार भई रहेको छ । दह गाविसबाट जाजरकोट सदरमुकाम जान चार दिन लाग्छ ।
बुढाको स्थानीय मेडिकलमा उपचार सम्भव नभएको आफन्तले जनाएका छन् । बुढाको अवस्था गम्भीर बन्दै गएको जनाईएको छ ।
बुढाले जाजरकोटको जुर्का प्राविमा कक्षा १ मा अध्ययन गर्छन् । चैत २ गते बाख्रा चराउन जंगल गएका बेला पाईप जस्तो देखिने बस्तु हँसियाले कोट्याउने क्रममा विस्फोट भएई घाईते भएको रत्न बुढाले जनाए ।
उनको देब्रे हातको माथिको भागमा प्वाँल परेको छ । पेटभित्र छर्रा लागेको छ । उनको आर्थिक अभावका कारण उपचारमा कठीनाई भएको छ । बम माओवादीको शसस्त्रद्धन्द्धका क्रममा छाडेको हुन सक्ने स्थानीयको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार