कांग्रेस संसदीय दलमा प्रमुख सचेतक र सचेतक नियुक्त

४ चैत्र २०७०, मंगलवार १२:३९ मा प्रकाशित


काठमाडौं, ४ चैत । नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतक र सचेतक नियुक्ति गरेको छ ।
प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता सुशील कोइरालाले प्रमुख सचेतकमा चिनकाजी श्रेष्ठ र सचेतकमा ईश्वरी न्यौपानेले आज (मंगलबार) नियुक्त गरेका हुन् । श्रेष्ठ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पनि हुन् ।
संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित २०६५) को धारा १३ उपधारा १ अनुसार संविधानसभा सदस्य श्रेष्ठलाई प्रमुख सचेतकमा मनोनयन गरेको कांग्रेसले जनाएको छ ।
सोही विधानको धारा १३ उपधारा २ अनुसार नेता कोइरालाले संविधानसभा सदस्य न्यौपानेलाई सचेतकमा मनोनयन गरेको पार्टी सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

आजको प्रमुख समाचार