टेष्ट मुलुकसँग पहिलो भिडन्त

४ चैत्र २०७०, मंगलवार ०७:४२ मा प्रकाशित


काटमाठौं, ४ चैत । नेपालको टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्ने सपना मंगलबार साँझ चटगाउँको जहारु अहमद चौधरी रंगशालामा पूरा हुँदै छ । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो चरणको समूह ‘ए’मा आयोजक बंगलादेशविरुद्धको प्रतिस्पर्धासँगै नेपालको वर्षौंदेखिको टेस्ट टोलीसँग खेल्ने सपना पूरा हुनेछ ।

यसका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले पूरै १८ वर्ष लगाएको छ । बंगलादेशले सन् १९९७ मा एकदिवसीय र २००० मा टेस्ट मान्यता पाएको थियो । नेपालले बंगलादेशसँग एसियन क्रिकेट काउन्सिल एसिसीले आयोजना गर्ने प्रतियोगितामा एकपटक मात्र प्रतिस्पर्धा गरेको छ । सन् १९९६ मा मलेसियामा सम्पन्न एसिसी ट्रफीको समूह ‘ए’मा नेपाल र बंगलादेशबीच पहिलोपटक भेट भएको थियो । सो खेलमा नेपाल पराजित भयो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीबाट टेस्ट मान्यता पाइसकेपछि बंगलादेश निकै अगाडि बढ्यो । आइसिसीका अनुसार बंगलादेशले अहिलेसम्म ८४ टेस्ट खेलेको रेकर्ड छ । बंगलादेशले चार जित मात्र निकालेको छ । सन् २००० देखि २००४ मा बंगलादेशले लगातार २३ टेस्ट गुमाएको थियो । सन् २००५ मा बंगलादेशले पहिलो टेस्ट जितका रूपमा जिम्बाबेलाई हरायो ।

सन् २००९ मा वेस्टइन्डिज भ्रमणका क्रममा बंगलादेशले दुवै टेस्ट जित हात पार्दै पहिलोपटक घरबाहिर उपाधि जित्यो । बंगलादेशले आफूसँगै एसिसी ट्रफी प्रतियोगितामा प्रतिस्पर्धा गरेको नेपालभन्दा धेरै अगाडि बढ्यो । यसविपरीत पछिल्लो एक दशकमा नेपाल एसोसिएट तथा एकदिवसीय मान्यता पाउन संघर्षरत छ ।

पछिल्लो एकदशकमा बंगलादेश र नेपालबीचको क्रिकेट स्तरमा धेरै अन्तर आइसके पनि मंगलबार भने दुवै आपसमा भिड्दै छन् । सुपर १० मा प्रवेशको सम्भावना बलियो बनाउन दुवै टोलीलाई निश्चित जितको आवश्यकता छ । जित हात पार्न दुवै टोलीका खेलाडीले कडा मिहिनेत गर्नेछन् । टी–२० मा सामान्य गल्तीले पनि खेल गुमाउन सक्ने भएकाले दुवै टोलीका खेलाडी कुनै गल्ती गर्न चाहँदैनन् । नेपालको यो पहिलो विश्वकप यात्रा हो । बंगलादेशको पाँचौं टी–२० विश्वकप हो ।

अघिल्लो चार संस्करणमा बंगलादेशले पहिलो चरणसमेत पार गर्न सकेन । साथै बंगलादेशले टी–२० को पहिलो चार संस्करणमा एक खेल पनि जित्न सकेन । तर, घरमै आयोजना भइरहेको विश्वकपमा बंगलादेशले अफगानिस्तानलाई ९ विकेटले हराउँदै पहिलो जित दर्ता गर्‍यो । बंगलादेशको तुलनामा नेपाल भने भाग्यमानी देखिन्छ । आइसिसी टी–२० विश्वकप डेब्यु खेलमै नेपालले अर्को डेब्यु टोली हङकङमाथि ८० रनको सानदार जित दर्ता गर्‍यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । अब शायदै भलिबल कोर्टमा देखिने छन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता र त्यसको तयारीका लागि क्यानडा भ्रमणमा निस्कने नेपाली राष्ट्रिय पुरुष क्रिकेट

काठमाडौँ । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । मलेसियामा भएको उक्त

काठमाडौँ । भारतले आयरल्याण्डविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा भारतले आयरल्याण्डलाई ७ विकेटले