आतंककारी आक्रमणको सूचना छैन : भारत

४ चैत्र २०७०, मंगलवार ०७:३९ मा प्रकाशित

एजेन्सी
मुम्बई, ४ चैत । भारतीय विदेशमन्त्री सलमान खुर्सिदले भारतमा आतंककारी आक्रमणको कुनै पनि संकेत भारतीय सरकारको सूचनामा नआएको जानकारी दिएका छन् । १० दिनदेखि हराइरहेको मलेसियाको विमान प्रयोग गरेर भारतमा आतंककारी हमला हुन सक्ने भनी आइतबार विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थामा समाचार आएपछि भारतीय विदेशमन्त्री खुर्सिदले सरकारीतर्फबाट जवाफ फर्काएका हुन् ।

‘हामीसँग त्यस्तो कुनै पनि आतंकवादी प्रकृतिको हमलाको संकेत प्राप्त भएको छैन,’ उनले भने, ‘हाम्रा संयन्त्रको अध्ययनले पनि त्यस्तो सम्भावना देखाएको छैन ।’ भारत सरकार पनि विमान खोजीमा लागेको उनले बताएका छन् ।

‘हाम्रा सुरक्षा निकायले सबैखाले सम्भावनाको खोजी गरिरहेका छन्, उनीहरूले पनि आतंकवादको सूचना प्राप्त नभएको जानकारी दिएका छन्,’ विदेशमन्त्री खुर्सिदले भने । हराइरहेको मलेसियाको जेट विमान प्रयोग गरेर सेप्टेम्बर ११ मा अमेरिकामा भएजस्तै हमला भारतमा हुन सक्ने विविध अनुमान आइतबार विभिन्न एजेन्सीबाट आएका थिए ।

सो विमानको उद्धार एवं खोजीका लागि भारतले पनि प्रयास जारी राखेको र त्यसलाई निरन्तरता दिने पनि उनले जानकारी दिएका छन् । ‘हामी पनि विमानको खोजीका लागि लागिपरेका छौँ, सो जहाज नभेटिँदासम्म खोजीकार्यलाई निरन्तरता दिने नै छौँ,’ उनले भने ।

जहाज खोजीका लागि भारत सरकारले कैयौँ साधन उपलब्ध गराएको उनले जानकारी दिएका छन् । ‘सरकारीस्तरबाट जहाजको खोजीका लागि कैयौँ साधन उपलब्ध गराएका छौँ, जनशक्ति पनि उपलब्ध गराएका छौँ,’ उनले भने ‘आवश्यक परे हामी सबै सहयोग गर्न तयार छौँ ।’ जहाजको हवाई ट्राफिकसम्बन्धी पछिल्लो वार्तालापमा जहाजका चालकले विमानमा कुनै पनि अप्ठेरो अवस्था देखानपरेको बताएको भनी अनुसन्धानपछि मलेसियाका अधिकारीले बताएका छन् ।

विमानचालकले गरेको पछिल्लो वार्तालापमा कुनै पनि अप्ठेरोको रिपोर्टिङ नगरेको पाइएको मलेसियाली अधिकारीले जनाएका छन् । जहाज हराउनुमा आतंकवादीको हात रहेको आशंका गर्न थालिएपछि मलेसिया सरकारले जहाजका दुई चालक र परिचारिकाको घरमा नै खानतलासी गरेको छ । आतंकवादीद्वारा विमान अपहरण गरिएको हुन सक्ने सम्भावनाबारे भने अन्तर्राष्ट्रिय जगत् सहमत भएको छैन । इन्टरपोलले पनि यो सम्भावनाको नजिक पुग्न नसकिएको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । युक्रेन युद्धका बीचमा रुस, चीन र उत्तर कोरियाबाट हाइपरसोनिक मिसाइलको खतरा सामना गरिरहेको अमेरिकालाई ठूलो झट्का लागेको छ

प्योङयाङ । उत्तर कोरियाली जनताले दक्षिण कोरियाली सिमाना नजिक खसेका ‘अज्ञात वस्तुहरू’ छोएपछि कोभिड १९ महामारी सुरु भएको प्योङयाङका सरकारी

किभ । युक्रेनी सेनाले गत २४ फ्रेब्रअरीमा रुसीले युक्रेनमाथि आक्रमण थालेदेखि १ जुलाई सम्म ३५ हजार ७५० जना रुसी सैनिकको

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा