जम्बो प्रतिनिधि सभा नबनाउन एमालेका केन्द्रीय सदस्यहरुको आग्रह, बैठकमा जातीय राज्यको चर्को बिरोध

१५ बैशाख २०६९, शुक्रबार १८:१६ मा प्रकाशित

काठमाडौं, १५ वैशाख । एमालेका बहुमत केन्द्रीय सदस्यहरुले नयाँ संविधानमा प्रतिनिधि सभामा रहने सदस्यहरुको संख्या २ सय ५ भन्दा बढि राख्न नहुने सुझाव दिएका छन् ।एमालेको शुक्रबार राजधानीमा बसेको केन्द्रीय कमिटीको आकस्मिक बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले प्रतिनिधि सभामा रहने सदस्यहरुको संख्या धेरै भएको भन्दै जम्बो प्रतिनिधिसभा बनुं नहुने जिकिर गरेका थिए । उनीहरुले तल्लो सदनमा आउने सदस्यहरु सबै प्रत्यक्ष निर्वाचित हुनुपर्ने समेत सुझाव दिएका छन् ।
बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले माथिल्लो सदनलाई जातीय, सामाजिक क्षेत्रका व्यक्तित्व तथा विभिन्न क्षेत्रका व्यक्तिलाई समानुपातिक रुपबाट लैजानुपर्ने सुझाव दिएको केन्द्रीय सदस्य भानुभक्त ढकालले जानकारी दिए ।
बैठकमा जातीय राज्यको पनि बिरोध भएको छ । केन्द्रीय सदस्य ढकालका अनुसार धारणा राख्ने अधिकांश नेताहरुरुले थोरै संघीय राज्य बनाउनु पर्ने तथा राज्य बनाउदा पहिचान र सामथ्र्यलाई आधार बनाउन जानजाति नेताहरुलाई सुझाव दिएका थिए ।
एमाओवादीले दस प्रदेशको नयाँ प्रस्ताव ल्याएपछि एमालेले सो विषय लगायत मुलुकका अन्य समग्र विषयमा छलफल गर्न आफ्नो केन्द्रीय समितिको बैठक आकस्मिक रुपमा बोलाएको हो । केन्द्रीय समिति बैठक पुनः बस्ने गरि स्थगित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार

काठमाडौँ ।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने

काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएकाे छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेकाे बैठक चुनावी रणनीति र

आजको प्रमुख समाचार