होली खेल्ने क्रममा झडप

४ चैत्र २०७०, मंगलवार ०७:३४ मा प्रकाशित

दोलखा, ४ चैत । होली खेल्ने क्रममा दुई युवा समूहबीच झडप भएपछि नियन्त्रणका लागि मैनापोखरीमा प्रहरीले गोली चलाउँदा एक युवक घाइते भएका छन् । पक्राउ परेका व्यक्ति हतकडीसहित फरार भएपछि खोजी गर्ने क्रममा सोमबार राति १ बजे प्रहरीले गोली चलाएको हो ।

मैनापोखरीको च्यानेस्थित हनुमन्तेस्वर फर्निचर तथा भेनियर पाता उद्योगमा काम गर्ने भारतीय नागरिक रञ्जित पउहान र स्थानीय युवाबीच भएको विवादपछि झडप भएको हो ।

सो उद्योगका मजदुरमाथि आक्रमण गरेको अभियोगमा पक्राउ परेका तेजबहादुर तामाङ दोहोरो झडपको क्रममा हतकडीसहित फरार भएपछि प्रहरीले बल प्रयोग गरेको थियो । उनको खोजीमा थप बलसहित राति खटिएको टोलीले गोली प्रहार गरेको हो ।

घटनापछि थप तनाव हुने आशंकामा मैनापोखरीमा सदुरमकाम चरिकोट र जिरीबाट थप प्रहरी परिचालन गरिएको छ । थप झडप हुने आशंकामा छिमेकी जिल्ला रामेछाप, सिन्धुलीको ढल्केबर र बागमती गुल्मबाट गरी सयभन्दा बढी प्रहरीलाई दोलखा झिकाइएको छ ।

प्रहरीको गोलीबाट काब्रे–३ मैनापोखरीका १७ वर्षीय अमिर घिमिरे घाइते भएका छन् । उनको दाहिने खुट्टामा गोली लागेको छ । झडपका क्रममा स्थानीयले ढुंगामुढा प्रहार गर्दा प्रहरी जवान गणेश कँडेल गम्भीर घाइते भएका छन् ।

आइतबार साँझ साढे ६ बजे स्थानीय युवाबीच झडप भएको हो । झडप नियन्त्रणका लागि तीन राउन्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । प्रहरीले करिब साढे ८ बजे हवाई फायर गरेको थियो ।

हवाई फायरपछि पनि स्थिति नियन्त्रणमा नआएपछि सदरमुकाम चरिकोटबाट प्रहरी टोली त्यहाँ पुगेको थियो । सो टोलीले सोमबार बिहान करिब १ बजे गोली चलाएको थियो । त्यस क्रममा घिमिरेलाई गोली लागेको हो ।

घाइते घिमिरेको प्रहरी नियन्त्रणमा सदरमुकाम चरिकोटमा उपचार भइरहेको छ । दोलखा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले झडपको क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि गोली चलाएको बताए । दोलखा प्रहरीले गोली लागी घाइते भएका घिमिरेसहित मैनापोखरीमा डेन्टल क्लिनिक सञ्चालन गर्दै आएका तेजबहादुर तामाङ र क्लिनिकमा कार्यरत मेलुङ–४ की २२ वर्षीया सुमित्रा मोक्तानलाई पक्राउ गरेको छ ।

स्थानीयले सामान्य विवादमा प्रहरीले हवाई फायर गरेको र गोली चलाएको भन्दै विरोध जनाएका छन् । उनीहरूले घटनामा संलग्न दुवै पक्षलाई पक्राउ नगरी एक पक्षलाई मात्रै हिरासतमा लिएको भन्दै आपत्ति जनाएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार