राप्रपा नेपालकी सभासद् निलम्बित

४ चैत्र २०७०, मंगलवार ०७:२३ मा प्रकाशित


काठमाडौं, ४ चैत । संविधानसभा अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी सभासद् कान्ता भट्टराईलाई संविधानसभा सदस्यका हैसियतले कुनै पनि काम–कारबाही नगर्नरनगराउन अन्तरकालीन आदेश जारी गरेको छ । यसअघि अदालतकै आदेशले एमाओवादी सभासद् अशोककुमार मण्डलको सदस्य पद पनि निलम्बनमा परेको थियो ।

सरकारी लाभको पदमा रही समानुपातिक कोटाबाट सभासद् बनेको भन्दै अदालतले उनलाई सभासद्को हैसियतले कुनै पनि काम नगराउन संविधानसभा सचिवालय र राप्रपा नेपालका नाममा अन्तरकालीन आदेश जारी गरेको हो ।

न्यायाधीशहरू कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीला कार्कीको इजलासले अन्तरकालीन आदेश जारी गर्दै भट्टराईको पद तत्कालका लागि निलम्बन हुने आदेश गरेको हो । अदालतले राप्रपा नेपालका अन्य २३ सभासद्को पदसमेत निलम्बन गर्नुपर्ने उजुरीमा भने अन्तरकालीन आदेश जारी गर्ननपर्ने ठहर गरेको छ ।

राप्रपा नेपालको समानुपातिक सदस्य छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै वरिष्ठ अधिवक्तासमेत रहेका सभासद्का उम्मेदवार बालकृष्ण न्यौपानेले अदालतमा उजुरी दर्ता गरेका थिए । उनले २४ जनाकै सभासद् पद निलम्बन हुनुपर्ने उजुरीमा जिकिर गरेका थिए । ३ चैत ०७० मा न्यौपानेसहितका असन्तुष्टले अदालतमा उजुरी दर्ता गरेका थिए ।

खसआर्य समुदायको कोटाबाट भट्टराई समानुपातिक सभासद् बनेकी थिइन् । सभासद्को बन्दसूचीमा समावेश भएपछि उनले राजीनामा नदिएको तथ्य अदालतमा प्रवेश भएपछि उनलाई तत्काल पद निलम्बन गर्न आदेश जारी भएको हो । सभासद् भइसकेपछि भने उनले शिक्षक पदबाट राजीनामा दिएकी थिइन् ।

अदालतको आदेशानुसार उजुरीको अन्तिम किनारा नलागेसम्म उनले सभासद्को हैसियतले कुनै पनि काम–कारबाही गर्न पाउँदिनन् ।

सभासद् भट्टराईले अदालतको आदेशबाट आफूमाथि अन्याय भएको बताइन् । आफूले समानुपातिकको सूची बुझाउनेभन्दा अघिल्लो दिन नै राजीनामा दिइसकेको दाबी गर्दै उनले नयाँ पत्रिकासित भनिन्, ‘अदालतले अन्तिम फैसला गर्दा यसलाई सच्याउने विश्वास लिएकी छु ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा